
भन्नेले भन्छन् दशैँ गयो र तिहार आयो,
सबैका घरभित्र खुसिको आधार आयो।
छोराको भिजा आयो खाडि जाँदैछ ऊ,
कसैको घरभित्र दिउसै अंधकार आयो।
दशैँ भन्दा पहिल्यै नै उड्नु भयो स्वामी,
आफ्नो घरमा त लुटिएकै संसार आयो।
अन्याय र अत्याचार हुन्छन् दिनौँ यहाँ,
सरकार भन्छ गाउँमै सिहँदरबार आयो।
आमा बा छोराकै बाटो कुर्दैथिए दशैँमा,
यता छोरा मरेकै दुःखत् समाचार आयो।
भन्छौ हाम्रै देश बनाउँछ नयाँ सरकारले,
तर आवरणभित्र विदेशी बफादार आयो।

॥१॥
भन्छन् कहिले औषधिले पनि रिएक्सल गर्छ,
मित्र जस्तै आफ्नो परछाईंले समेत छल गर्छ।
चुनाव लड्दा जसले गर्यो देश जनताका कुरा,
सरकारमा उसैले आफै रमाउँने छलफल गर्छ।
जसले जन्मायो र हुर्कायो उसैले छाडेर गयो।
प्रकृतीले पनि यस्तै मार्मिक नियम अटल गर्छ।
जो समय बित्यो त्यही अब किन फर्किन्थ्यो,
समयले जान्दैन नेताले मात्रै दल बदल गर्छ।
हामी आमूल परिवर्तनकै लडाई लड्दै आयौँ,
तर संघारमा नपुग्दै नेताले क्रान्ती बिफल गर्छ।
त्यो त ऐनाहो साथी जसले मलाई बुढो गरायो,
साँच्चै भन्दा मन त सधैभरी उस्तै तलतल इर्छ।

॥२॥

घाउ निको भयो तर खाटो उस्तै छ,
जती ठेंश लागे पनि बाटो उस्तै छ।
रहर जिन्दगीको कहाँ टुङ्गिन्छ केथा,
एक मुट्ठी स्वासकै यो साटो उस्तै छ।
त्यो बद्लेकै हो दाल भात भेटाउँदा,
तागतिलो त्यो मकैकै आटो उस्तै छ।
जति सम्झाए पनि सम्झिदैनन् उनि,
सरकारमै पुराउँने सधैँ लाटो उस्तै छ।
आमाले त सबै छाडी जानुभयो यहाँ,
सम्झनाकै लागि त्यही पाटो उस्तै छ।
बदलियो मानिसकै नाता सम्बन्ध यो,
संसारमा ढुङ्गा उस्तै छ माटो उस्तै छ।
॥३॥
कोही भएपनि नभएपनि संसार चेलेकै हुन्छ,
मानिसहरूको त जिउँने आधार चलेकै हुन्छ।
रहर बाँचने सबैलाई हुन्छ जन्मदाता मरेपनि,
जस्तो भएपनि प्रकृती व्यवहार चलेकै हुन्छ।
खुसि हुन चाहिन्छन् स-साना मेला पर्व पनि,
मरेपनि संझनाले मनभित्र दरार चलेकै हुन्छ।
भन्छन् तिमी बिना यो जिन्दगि चल्दैन प्रिय,
यहाँ तालमेल गरेर पनि सरकार चलेकै हुन्छ।
मन तिमाल्ने बाटो नै रहिछ यो सम्झना पनि,
फर्केर नआउँनेको पनि इन्तिचार चलेकै हुन्छ।
जनाव ऊ सँग सम्बन्ध टुटेको पनि वर्षौँ भयो,
तर मनको मन सँग कुरा लगातार चलेकैहुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८





























