उदयदेव बहुउदेश्यीय सहकारीकाे २६ ओ ईकाईगत साधारण सभा सम्पन्न

Image
Nisarga Hospital

धनगढी: कंचनपुरकाे महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेकाे उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेडकाे ईकाईगत २६ अो साधारण सभा धनगढी सेवा केन्द्रमा सम्पन्न भएकाे छ ।

CP Hospital Dhangadhi

संस्थाका अध्यक्ष नारा जाेशीकाे अध्यक्षतामा सम्पन्न साधारण सभामा शहकारी प्रशिक्षण केन्द्रका प्रमुख देवराज पन्त प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा अध्यक्ष जाेशीले सहकारीकाे बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे । २५ हजार ४० सेयर सदस्य रहेकाे उदयदेवमा २०८१ असार मसान्त सम्म कुल सेयर पुजी २० कराेड ५८ लाख ६९ हजार १०० रहेकाे अध्यक्ष जाेशीले जानकारी दिनुभयाे । उहाँले आगामी २ बर्षमा यसलाई वृद्धि गरेर २५ कराेड पुर्याउने लक्ष्य रहेकाे बताउनु भयाे ।

Attariya Hospital

यस्तै २०८०/०८१ मा शुद्द मुनाफा ७ कराेड १७ लाख ९८ हजार ४ सय ८३ रहेकाे जानकारी दिईएकाे छ ।
केन्द्रीय कार्यालय सहित उदयदेवले अन्य १० वटा सेवा केन्द्र मार्फत सेवा दिईरहेकाे छ । धनगढी सेवा केन्द्रमा गरिएकाे ईकाईगत साधारण सभामा जेष्ठ नागरिक,उत्कृष्ठ समूह र ब्यक्ति,सफल उद्धमीलाई सम्मानका साथै बिध्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएकाे छ ।

nawajiwan

उदयदेवले धनगढी उपमहानगरपालिकाकाे हरियाली प्रर्बधन अभियानलाई साथ दिदै साधारण सभाकै अवसरमा आफ्ना सेयर सदस्यलाई ५ सय वटा फलफुलका बिरुवा समेत वितरण गरेकाे सेवा केन्द्र प्रमुख बरिष्ठ शाखा प्रबन्धक मान बहादुर चन्दले जानकारी दिनुभयाे । उहाँले सामाजिक उत्तरदायीत्व अन्तरगत उदयदेवले विभिन्न रचनात्मक कामहरु गर्दै आएकाे पनि जानकारी दिनुभयाे ।