
अत्तरिया: कैलालीको लम्कीमा प्रधान कार्यालय रहेको रिभर साइड यातायात प्रालिले धनगढी र अत्तरिया देखि काठमाडौं जाने थप ३ वटा अत्याधुनिक सुविधा सम्पन्न आरामदायी रोयल भीआईपी दरबार सोफा बस सञ्चालनमा ल्याएको छ ।

आईतबार अत्तरिया बसपार्कमा रिभर साइड यातायात प्रालिका अध्यक्ष गणेशराज ओली, कार्यालय प्रमुख चन्द्रप्रकाश आचार्य र वरिष्ठ उपाध्यक्ष जनकबहादुर शाहीले संयुक्त रूपमा बसहरुको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात रिभर साइड यातायात प्रालिका अध्यक्ष गणेशराज ओलीले यात्रुहरुको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आईतबार देखि थप ३ सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको बताए । अध्यक्ष ओलीले विगत ६ वर्ष पहिले देखि सुदूरपश्चिममा पहिलो ऐसी गाडी सञ्चालनमा ल्याउने रिभरसाइड यातायात रहेको बताए ।

साथै उनले रिभर साइड यातायातले सुदूरपश्चिम भरीमा यात्रुहरुलाई छुट्टै किसिमको अत्याधुनिक आरामदायी सेवा प्रदान गर्ने प्रयास गरेको बताए । उनले थप सुविधाका साथ नयाँ गुणस्तर भएको सुविधा सम्पन्न ऐसी आकर्षक आरामदायी सोफा जस्ता गाडीहरु यात्रुहरुलाई उपलब्ध गराएको जानकारी गराए । यात्रुहरुले बसपार्क धाइराख्नु नपर्ने सहजताका लागी नेपाल भरिनै अनलाइन मार्फत टिकट बुकिङको सुविधा उपलब्ध गराउने सुरुवात गरिसकेको समेत बताए । उनले यात्रूहरुलाई कुनै किसिमको कमी कमजोरी असहज महसूस भएको अवस्थामा समितिको सम्पर्कमा फोन गर्न आग्रह गरी सल्लाह सुझाव दिई कमी कमजोरीलाई सुधार गर्न सकिने बताए ।

यस्तै यातायातका वरिष्ठ उपाध्यक्ष जनकबहादुर शाहीले यात्रुहरुलाई मध्यनजर गर्दै उनीहरूको माग अनुसार आधुनिक सेवा सुविधा सम्पन्न गाडीहरु सञ्चालन गर्ने प्रयासमा ३ वटा गाडीहरु थप सञ्चालनमा ल्याएको बताए । उनले संचालनमा ल्याएको गाडीमा यात्रुहरु बस्नको लागी आरामदायी गुणस्तर सोफा फोल्डिङ सिट भएको काठमाडौं सम्म बिना थकावट आरामदायी यात्रा गर्न सकिने २ जना यात्रु सुतेर जान सकिने कुनै पनि कमजोरी नभएको बस यस यातायातले सञ्चालनमा ल्याएको बताए ।
उनले अत्तरिया बसपार्कबाट दैनिक ४ बस अत्तरिया देखि काठमाण्डौ छुट्ने भएको साथै सीमित क्षेत्रलाई मध्येनजर गरेर करिब १५ गाडी धनगढी, अत्तरिया र टीकापुर हुँदै लामो दुरीको गन्तव्य तर्फ सुरक्षित तरिकाले गुड्ने गरेको बताए । उक्त यातायात प्रालिका कार्यालय प्रमुख चन्द्रप्रसाद आचार्य यातायात क्षेत्रमा यस रिभर साइड प्रालिबाट यात्रुहरुलाई सुरक्षित सुविधा सम्पन्न स्तरीय सेवा उपलब्ध गराउँदै ४३ सिट संख्या रहेको भीआईपी सोफा सहित आरामदायी गाडी अत्तरिया देखि काठमाडौं सम्म संचालन गरिएको बताए । लामो दूरीको यात्रुहरुको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको बताए । उनले आरामदायी भीआईपी सोफा थपे सँगै यात्रुलाई सहज हुने विश्वास लिएको बताए ।
विगत लामो समय देखि यात्रुहरुको सेवामा समर्पित भई सञ्चालन भइरहेको रिभर साइड यातायात प्रालि परिपक्क संस्थामा परिमार्जित भएको बताए । यस यातायातले देशै भरि नेपाली जनताहरुलाई के कति थप स्तरीय सेवा सुविधा दिन सकिन्छ भनेर सदैव लागिपरेको प्रतिबद्धता समेत व्यक्त गरे । उनले यस यातायातको सुविधा गाडी मात्र राम्रो नभई गाडीको स्टाफहरुले बोल्ने सभ्य भाषा यात्रुहरुलाई दिने सम्मान, अनुशासित सम्बन्धी प्रशिक्षण राखेर थप सुधारमुखी कार्यक्रम सञ्चालन समेत गर्ने बताए । युवा युवतीलाई रोजगार सृजना गर्नेको निम्ति पनि रिभर साईड यातायात लागी परेको बताए ।
































