गजलकार जि एम दिपु दिपेन्द्रको आधुनिक गित ” तिमिलाई अझै धर्म लाग्छ ” सार्बजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

 पारस भट्ट प्यासीः गजलकार जी.एम. दिपु दिपेन्द्रको शब्द सिर्जना रहेको आधुनिक गीत ‘तिमीलाई अझै धर्म लाग्छ’ शुक्रबार सार्वजनिक भएको छ। गीत जी.एम. दिपु दिपेन्द्रको आधिकारिक युट्युब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरिएको हो।

CP Hospital Dhangadhi

यस गीतमा चर्चित गायक शिव परियारको आवाज रहेको छ, भने गायक तथा संगीतकार राजकुमार बगरले सुमधुर संगीत भरेका छन्। गीतका मार्मिक शब्दहरूले मानवतासँग जोडिएको गहिरो भाव व्यक्त गर्दछ।

गीतको भिडियो त्रिशा के.सी.को निर्देशनमा तयार भएको हो। भिडियोमा कलाकार आश्मा गिरी, अनुपजंग थापा, सोनि बी.सी., रहेका छन् ।

nawajiwan
Attariya Hospital

रुकुम पश्चिम, चौरजहारी निवासी सर्जक दिपुले यसअघि ‘सन्देश ‘ ‘खतरा धेरै भो,’ ‘महँगो भो तिम्रो माया’ जस्ता सफल गजल-गीतहरू श्रोतामाझ ल्याइसकेका छन्। यी गीतहरूमध्ये विशेषगरी ‘खतरा धेरै भो’ र ‘महँगो भो तिम्रो मायाले दर्शकको मन जित्दै उच्च प्रशंसा बटुल्न सफल भएका थिए।

नयाँ गीत ‘तिमीलाई अझै धर्म लाग्छ ले पनि श्रोताहरूमा नयाँ उत्साह र भावनात्मक जुहारी ल्याउने विश्वास गरिएको छ। सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यो गीतले सर्जक दिपुको रचनात्मक यात्रालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।