मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक

Image
Nisarga Hospital

लोकगायिका मञ्जु पौडेलको नयाँ गीत ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक भएको छ। देउडामा आधारित गीतमा गायिका मञ्जुसँगै राजेन्द्र बाजुरालीको स्वर रहेको छ।

CP Hospital Dhangadhi

डिबी खड्काको शब्द रचनामा रहेको गीतको संगीत र संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। गीतमा आफ्ना लागि उपयुक्त बरको खोजीमा रहेकी महिलाको मनोभाव उनिएको छ। ‘प्यासी खोज्दै पानी’ आएको जस्ता शब्द प्रयोग गरिएका छन्। महिलाले पनि आफ्ना लागि आफैं जीवनसाथी खोज्न सक्ने वर्तमान अवस्थाको चित्रण गर्न खोजिएको गीतकार खड्काले बताएका छन्।

गायिका र कार्यक्रम प्रस्तोताका रुपमा गायिका पौडेल सुदूरपश्चिममा धेरै लोकप्रिय छिन्। ‘सुदूरपश्चिमले माया गरेपनि त्यहाँको गीत गाउन पाएकी थिइनँ। त्यसैले यसपल्ट सुदूरपश्चिमका मेरा दर्शकस्रोता समर्पित गीत ल्याएकी हुँ,’ पौडेलले भनिन्।

nawajiwan
Attariya Hospital

गीतको म्युजिक भिडियोमा पौडेलले अभिनेता धिरेन शाक्यसँग जोडी बाँधेकी छिन्। विक्रम चौहानले निर्देशन गरेको गीतमा सिनमाटोग्राफी दुर्गा पौडेलले गरेका छन्।