दुई खेल हार बेहोरेको कर्णाली सँग चितवन राइनोज भिड्दै ! पहिलो जितको खोजीमा कर्णाली याक्स

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिन आज पनि दुई खेल हुँदैछ । त्यसमध्ये पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

CP Hospital Dhangadhi

दुई टोलीको अहिलेसम्मको यात्रा फरक छ । लिगअघि कमजोर मानिएको कुशल मल्ल कप्तान रहेको टिम चितवनले लगातार दुई खेल जितेर अपराजित छ । उता सन्तुलित अनि शिखर धवनको आगमनले चर्चित बनेको कर्णाली याक्सले भने अपेक्षाभन्दा फरक नतिजा निकालेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले सुरूवाती दुवै खेलमा हार व्यहोरेको छ ।

Attariya Hospital

आज चितवन लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । कर्णाली चितवनको अपराजित यात्रा ब्रेक गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

nawajiwan

कर्णालीका कप्तान सोमपाल कामीले यसअघिका खेलमा भएका गल्तीलाई सुधार गर्दै आउने खेलमा राम्रो प्रदर्शन गर्ने बताएका थिए । लगातारको हारको दबाबमा भन्दा पनि जिम्मेवारी बढेको सोमपालको भनाई थियो ।