कैलालीमा १५ बालबालिकालाई शैक्षिक सामग्री वितरण

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

कैलाली: सिबिन नेपाल कैलालीको आयोजनामा गौरीगंगा नगरपालिका–२ स्थित मालिका माध्यमिक विद्यालय चौमालामा अध्ययनरत १५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। युवा समाजसेवी हेमन्त राज जोशी (बाजे) को पहलमा आर्थिक रूपमा कमजोर, एकल परिवारका, अनाथ तथा जेहेन्दार बालबालिकालाई विद्यालय पोसाक, झोला, र स्टेसनरी सामग्री प्रदान गरिएको हो।

nawajiwan

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज दियाकोटी, अमर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कुँवर, मनोबिमर्शकर्ता भगवती राई, प्र.अ. रतनप्रसाद जैसी, शिक्षक–शिक्षिका, र विद्यार्थीहरू उपस्थित थिए।

सिबिन नेपालका कार्यालय प्रमुख हरिलाल चौधरीले यस्तो प्रकारको सहयोगले बालबालिकाको अध्ययन निरन्तरतामा सकारात्मक प्रभाव पार्ने बताए।

Attariya Hospital

युवा समाजसेवी तथा पहलकर्ता हेमन्त जोशी (बाजे) ले शैक्षिक सामग्री पाउँदा बालबालिकाहरू थप उत्साहित भएको र यसले उनीहरूको पढाइमा निरन्तरता दिन सहयोग पुर्‍याउने जानकारी दिए।

कार्यक्रमको सञ्चालन शिक्षक तिलक साउँदले गरेका थिए भने स्वागत र धन्यवाद ज्ञापन विद्यालयका प्र.अ. रतनप्रसाद जैसीले गरेका थिए।