
दलित भनि हेला गर्छन् जसले संसार सिंगार्यो,
आफ्नो पौरखले गाउँ सिंगार्यो बजार सिंगार्यो।
छुवाछुतको झटाराले घायल बनाए समाजमा,
सिलायो लुगा बनायो जुता दोकान्दार सिंगार्यो।
आरनमा बस्यो बनायो भाँडा टक्सालमा सुन,
घर सिंगार्यो नाङ्गो ढाक्यो र अनुहार सिंगार्यो।
कामी दमाई ,सार्की कसले बनायो अछुत भन,
ज जसले आफ्नै पौरखबाट हथियार सिंगार्यो।
पानी चल्दैन भन्छन् कताकतीले मानिस भएर,
रेट्छन् गायनले सारङ्गी रत कलाकार सिंगार्यो।

॥१॥
सुन्दर लाग्छन् यी हरियाली डाँडाहरू देशमा,
नजाउँ कतै बसौँ एकैछाक खाई बरू देशमा।
स्वर्ग भन्दा कत्तीपनि कमछैन यो जन्म भूमि,
युवाहरू किन भन्छन् म बसेर केगरू देशमा।
जहाँ गएपनि आफ्नो समस्या सँगसगै जान्छ,
बरू म शंघर्षको लागि मैदानमा झरू देशमा।
दुष्टले गाडेकैछ कुदृष्टीले हिमाल सम्म नजर,
डराए र नभागौँ स्वाभिमनी भई मरू देशमा।
तराई पहाड हिमाल जहाँ जाऊँ आफ्नै लाग्छ,


॥२॥
तिमी जाउ नजाउ अब कुनै सरोकार भैन,
सरकार कत्ती देश सुहाउँदो व्यवहार भैन।
के मुख लिएर आयौँ थोत्रा गाला बजाउँदै,
धेरै नेताहरूको देश सुहाउँदो बिचार भैन।
बिक्री भए खोला लिलाम भए बगर सबै,
देश जोगाउँने देशभित्र कुनै औतार भैन।
भत्किन थाल्यो देश र भए पलायन युवा,
अखण्ड यो देश बनाउँने कुनै आधार भैन।
भन्छन् सबै पार्टीहरू देश बनाउँन थाल्यौँ,
तन्तेकथा भट्टाए तर देशका बफादार भैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























