नेपाल आइपुगे विश्व चर्चित क्रिकेटर ब्रायन लारा

Image
Nisarga Hospital

चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । लारा नेपाल क्रिकेट सङ्घ क्यानको निमन्त्रणामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आएका हुन् ।

CP Hospital Dhangadhi

उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । वेस्ट इन्डिजका क्रिकेट खेलाडी लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४०० रन बनाउने कीर्तिमान छ ।

Attariya Hospital

५५ वर्षीय लाराले वेस्ट इन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडीआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन् ।

nawajiwan