
पोखरा अभेन्जर्सले सुदुरपश्चिम रोयल्स विरुद्धको खेल ५ रनले हारेको छ । पहिला ब्याटिङ गरेको सुदुरपश्चिम रोयल्सले १५४ रनको लक्ष्य दिएको थियो।
नेपाल प्रिमियर लिग अन्तर्गत आज आइतबार सम्पन्न खेलमा पोखरा एभेन्जरलाई पराजीत गर्दै वीजयी भएको छ ।
स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको छ ।
सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिममा सम्हालिन नसक्दा २ बल अगावै १४८ रनमा अलआउट भयो ।
अन्तिम ओभरमा जितका लागि पोखरालाई ६ बलमा ८ रन आवश्यक रहँदा २ रन मात्र जोडेर ३ विकेट गुमाएपछि जिन नजिक पुगेर पनि पराजित भयो ।
पोखरालाई अलआउट गर्न सुदूरका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए ।

All reactions:
194

































