
सपना देखायो धन्मानकै वेरोजगार बनायो,
युवाशक्तिहरूलाई आफ्नो हतियार बनायो।
मौकाको तलासमै ढुकेका कतिछन् कती,
आफ्नो स्वार्थका लागि घरमै दरार बनायो।
कुटिन्छन् भट्टीमा फलाम जस्तै श्रमजिवी,
जसले सिङ्गार्यो जगमग यो संसार बनायो।
फांटैभरी फलायो धान मकै र गहुं किसान,
भोकै रह्यो अरूलाई जिउने आधार बनायो।
दियो अमूल्य मत आफ्नै केही हुन्छ भनेर,
गयो अवसरवाद आफ्नै सरकार बनायो।
कतिसम्म सहौं हामी आफ्नो उस्तै तमाशा,
उही छ वेघर असाय जसले दरबार बनायो।

॥१॥
ऋणमा देश डुब्दा सरकार किन वेखबर हुन्छ
चुच्चे नक्सा हराउदा देशलाई के असर हुन्छ।

अतिक्रमण हुन्छ देश र युवाको जीवन जान्छ,
खोला लानेहरूकै नजरमा देशको बगर हुन्छ।
युद्ध हुन्छ कारगिलमा कहिले त फोक्लैण्डमा,
मर्छ विर अर्कैको लागि रित्तो गाउँ सहर हुन्छ।
सिक्किम खाने बाघ हो भन नेपाल केछोड्ला,
किनहोला यो देश फेरी दुश्मन मै निर्भर हुन्छ।
समाज पनि रक्सि मासुमा डुब्यो मायाँ प्रेममा,
छोरा खोस्यो बा आमाको मलिन अधर हुन्छ।
विर गोर्खालीका सन्तान् उम्लिन्छ रगत के गरौँ,
खोज्छौँ निकाश तर न विकासकै कुनै चर हुन्छ।
॥२॥
देश कम्जोर देशभक्तको कदर नहुँदा,
नेताहरूलाई देश बनाउँने रहर नहुँदा।
केगरी आउँ भनिदेउ म त्यो राजधानी,
मन् विचलित छ शुरक्षित् सफर नहुँदा।
स्वर्ग तुल्य हाम्रो हिमाल पहाड मधेश,
नर्क बन्दै गए छ आत्मनिरभर नहुँदा।

विदेशको बड्यो चलखेल बन्यो मण्डि,
वेलगाम भयो नेता कसैको डर नहुँदा।
न जनती न मलामी भयो युवा बिहिन,
मर्छन् अकलैमा केभनौँ खबर नहुँदा।
व्यापार गर्न पनि खतरा स्वाभिमानकै,
स्वतन्त्र भैन देश आफ्नै समुन्दर नहुँदा।
॥३॥
आमा नबन्दासम्म थाई बसोबास कहाँ थियो,
जन्मेकै थर पनि तिम्रो खरोखास कहाँ थियो।
आधा आकास आधा धर्ती ओगट्ने नारीहरू,
सुख्ख पनि त सधैँ भयो वाईपास कहाँ थियो।
जन्मिएको घर छाड्नैपर्ने र आफ्नो थर पनि,
यो समाजभित्र तिमि जस्तो दास कहाँ थियो।
छोरी तिमी, बुहारी तिमी,आमा र बोइ समेत,
कामैकामको बोझ सधैँ अबकास कहा थियो।
खैत सम्पत्ती नाराले गुञ्जमान् धर्ती आकास,
छोरा-छोरी बराबरी मात्र बक्वास कहाँ थियो।
तिमीले गरेनौँ तर तिमिमाथि गहिरो राजनीति,
तिमिजस्तै सहन्सिल जिउँदो लाश कहाँ थियो।
सुरेशकुकमार पाण्डे दाङ घरको राही १८






























