त्रीनगरमा आमसञ्चार अध्ययनरत बिधार्थीद्वारा रक्तदान, पहिलोपटक २१ जनाले गरे

Image
Nisarga Hospital

कैलालीमा पछिल्लो समय बिरामीका लागि आवश्यक पर्ने रगत तथा रक्ततत्वको कमि हुदै गएपछि बिधार्थीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन । धनगढीस्थित त्रीनगर माध्यामिक बिधालयमा आमसंचार बिषयमा अध्ययनरत बिधार्थीहरुले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गर्दै २१ पिन्ट रगत संकलन गरेका छन ।

CP Hospital Dhangadhi

आज विद्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ जना विद्यार्थीहरुले पहिलोपटक रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजन कबिता सार्कीले बताइन । उनले ९ महिला र १२ पुरुष गरि २१ जनाले जीवनमै पहिलोपटक रक्तदान गरेको बताइन सार्कीले बताइन ।

प्रदेशमै सबैभन्दा बढीपटक रक्तदान गरेका स्वयमसेवी रक्तदाता दीपक उपाध्याले बिधार्थीहरुसंगको अन्तरकरकृया पछि बिधार्थीहरु रगत दिन तयार भएको आम संचार बिषयका प्राध्यापक टेकेन्द्र देउवाले बताए ।

nawajiwan
Attariya Hospital

रक्तदान गर्दाका फाइदा र यसको महत्वको बारेमा रक्तसंचार केन्द्र धनगढीका प्रमुख धरणी पन्तले बिधार्थीहरुलाई जानकारी गराएका थिए ।

रक्तदान कार्यक्रममा बोल्दै त्रीनगर माबिका प्राचार्य भुपाल खडकाले बिधार्थीहरुको रक्तदान कार्यप्रति प्रशंस्सा ब्यक्त गर्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।