कैलालीमा ५४९.२०० ग्राम अवैध सुनसहित २ भारतीय नागरिक पक्राउ

Image
Nisarga Hospital

अत्तरियाः धनगढी उप-महानगरपालिका–३ ट्राफिक चोकमा ५४९.२०० ग्राम अवैध सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

पक्राउ परेका व्यक्तिहरूमा भारत उत्तर प्रदेश, मोहला बजार–२, पलियाकला खिरीका ४४ वर्षीय दिपक गुप्ता र सोही स्थानका ३४ वर्षीय सुमित वर्मा रहेका छन्।

गाडी जाँचमा सुन बरामद
२०७५ साल पुस ७ गते बिहान ११ बजे भारतीय नम्बर प्लेट UP32JV9200 भएको Suzuki कारलाई संका लागी जाँच गर्दा गाडीभित्र रहेको ज्याकेटको खल्तीमा लुकाइ राखिएको ५४९.२०० ग्राम सुनजस्तो देखिने पदार्थ (दुई टुक्रा) फेला परेको प्रहरीले जनाएको छ।

nawajiwan
Attariya Hospital

पक्राउ परेका व्यक्तिहरूसँग निम्न सामग्रीहरू फेला परेका छन्:

सुनजस्तो देखिने ५४९.२०० ग्राम तौलका दुई टुक्रा।
Lenovo ब्राण्डको ल्यापटप – १ थान।
Realme र Redmi ब्राण्डका मोबाइल फोन – २ थान।
नेपाली नगद रु. ४४,८१०।
भारतीय मुद्रा रु. १,२८०।
UP32JV9200 नम्बर प्लेट भएको Suzuki कार।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।