तरकारी ब्यावसायले धानेको परिवार: कृषकको तरकारी सामुदायिक विद्यालयलाई

Image
Nisarga Hospital

बझाङ: केदार स्युँ गाउँपालिका वडा नम्बर ५ कि बाटुली कुवरको घरमा कुनै पनि आम्दानिको स्रोत छैन । तर छोरालाई भने अच्च शिक्षाका लागी काठमान्डौ अध्यापन गराई रहनु भएको छ । उनको छोरालाई काठमान्डौ पढाउने आँट तरकारी ब्यावासाय ल्याएको हो । विगत लामो समय देखी तरकारी उत्पादन गर्दै आएकी कुवर बजारमा भाउ नपाएर चिन्तीत हुनु पर्ने अवस्था थियो । कहिले ब्यापारीहरुले नलिने चिन्ता , कहिले भनेजस्तो तरकारीको मुल्य नपाएको चिन्ता हुन्थ्यो । त्यति मात्रै नभई बजारमा लिएको तरकारी पनी ब्यापारीलाई सस्तो मुल्यमा विक्रि गर्नु पर्ने बाध्यता पनी थियो । क्यापारीले खरिद गर्दा सस्तो मुल्यमा खरिद गर्ने विक्रि गर्दा भने आफ्नो आँखै अघि दोब्बर मुल्यमा विक्री गरेको तितो अनुभव उनि संग छ ।

CP Hospital Dhangadhi

उनले केहि बर्ष पहिला आफुले ब्यापारीलाई प्रति किलो ४० रुपैयामा तरकारी विक्री गरेको तर उक्त ब्यापारीले आफ्नो आँखै अघि प्रति किलो १ सय ५० मा विक्री गरेको देख्दा अचम्मित हुनु परेको सत्य घटना सुनाईनन् । तर अहिले यस्ता समस्या बाट आफुलाई छुटकारा मिलेको कुवर बताउन्छिन् । अहिले तरकारी विक्री गर्नका लागी घण्टौ हिडेर बजारमा पुग्नु पर्दैन । बाटुली कुवरले भनिन्,‘ गाउँकै छेउमा रत्न मावि पउटाको विद्यानलयमा हरेक दिन १४ केजी तरकारी विक्री गर्ने गरेकी छु । सरहरुले न ढाँट्लान भन्ने चिन्ता हुन्छ । नत लुटीनु पर्ला भन्ने चिन्ता हुन्छ । ढुक्क तरीकाले तरकारी विक्रि गर्न पाएकी छु । नियमित तरीकाले विद्यालयमा १४ केजी तरकारी विक्री भई रहन्छ । महिना पुग्ने वित्तीकै विद्यालयले हाम्रो खातामा नगद हालि दिन्छ । यसरी महिना भरी विक्रि गरेको तरकारीको रकम एक मुष्ट पाउदा काम पनी लाग्छ । विद्यालयमा स्थानिय उत्पादनमा आधारीत विद्यालय दिवा खाजा कार्यक्रम लागु भएपछि हामी जस्ता कृषकलाई ठुलो राहात पुगेको छ । हामिले हाम्रै करेसा बारीमा लगाएको तरकारी विक्रि गर्न पाए पछी निकै राम्रो भएको बताईन । यसै तरकारी विक्री गरेर नै काठमान्डौमा छोराको पढाई खर्च, घरायसी खर्च देखी सबै थोकको जोहो गर्न सजिलो भएको बताईन् । उनले अहिले मासिक रुपमा छोराका लागी २० हजार पठाउनु पर्ने , अन्य घराँयसी खर्च समेत यसै तरकारी ब्यावसायी बाट नै गर्ने गरेको बताईन् । यो सबै एमपिडीएस बझाङले गर्दा आफुहरुलाई सहज वातावरण भएको बताईन्’।

nawajiwan

उनलाई मात्रै सजिलो नभई केदार स्युँ गाउँपालिकाकै जौमति देवि धामीलाई पनी निकै सहज भएको छ । धामी पनि गाउँ नजिकै रहेको भवानि माविमा दैनिक रुपमा १३ किलो ग्राम तरकारी विक्री गर्नु हुन्छ । पहिला विद्यालयमा तरकारी विक्री गर्न नपाउदा छिमेकीलाई फ्रिमा दिनुपर्ने, केहि ईष्ट मित्र आउदा त्यत्तीकै बाँड्ने गरेका थियौँ । धामिले भनिन्,‘विक्री गर्न बजारमा जाँदा एक दिन लाग्ने , बजार गएर पनी भने जस्तो मुल्य नपाईने, तरकारी विक्री नहुने जस्ता धेरै समस्या थिए । विक्री नहुने भएका कारण त्यति धेरै तरकारी पनि लगाएका थिएनौ । आफ्नो लागी मात्रै लगाउने गरेका थियौँ । तर अहिले एमपिडिएस बझाङले अगुवा कृषकहरुलाई सिप मुलक तालिम संगै विद्यालयमा विक्री गर्ने वातावरण बनाई दिएपछी निकै सहज भएको छ । बेमौषममा तरकारी भनेजती फलान सक्ने अवस्था थिएन तर मौषम अनुसार तरकारी फलाउदा कतिपय तरकारी खेर जाने गरेको थियो ।

Attariya Hospital

त्यसलाई सदुपयोग गर्न सके पनी आम्दानी गर्न सकिने रहेछ । हामि जस्ता साना र अगुवा कृषकहरुलाई स्थानीय उत्पादनमा आधारीत विद्यालय दिवाखाजा कार्यक्रम अन्तरगत उत्पादनोपरान्त तरकारीको प्रशोधन सम्बन्धि दुई दिने तालिमले पनी ठुलो सहयोग गरेको छ । मुला विक्री गर्ने र मुलाको पात खेर जान्थ्यो । त्यस्तै गान्ठे मुला खेर जाने र त्यसको पातहरु पशु चौपायलाई दिने गथ्र्येउ । यसलाई प्रशोधन गरेर, गन्द्रुक बनाएर पनी विक्री गर्न सकिने रहेछ । यो सिप नभएर खेर जाने गरेको कच्चा पदार्थ बाट पनी आम्दानी गर्न सक्ने बाटो एमपिडीएसले देखाएको छ । यस बाट पनी अब मनग्य आम्दनी गर्न सकिने बताईन’। अहिले मासिक रुपमा आफुले न्युनतम १२ देखी १६ हजार सम्म आम्दानी गर्ने गरेको धामीले बताईन् ।

ताजा तरकारी विक्री गरेर आम्दानी गर्ने किसानहरुले खेर जाने कच्चा पदार्थ बाट समेत आम्दानी गर्न सजिलो भएको बताएका छन् । स्थानीय अगुवा कृषक हरिना खातीले भनिन्, ‘तरकारी विक्री गरेर नै छोरीको विवाह गर्न सम्म पुगेका छौ । जब एमपिडीएसले विद्यालयलाई स्थानीय किसानले उत्पादन गरेको ताजा तरकारी उपलब्ध गराउन सुरु गर्यो । हामी साना कृषकहरुलाई निकै फाईंदा भयो । यदि यो कार्यक्रम लागु नहुने हो भने, हाम्रो आम्दानीको माद्याम केहि पनी हुने थिएन । घरायसी खर्चको जोहो गर्नका लागी श्रीमानले भारतमा रोजगारी गर्न जानु पर्ने अवस्था आउन्थ्यो । यस्तै छोरा छोरीलाई पढाउन सक्ने अवस्था हुन्थेन । अहिले ढुक्क तरीकाले तरकारी उत्पादन गरेर विद्यालयलाई दिन्छौ । विद्यालयले मासिक रुपमा खातामा पैशा जम्मा गरी दिन्छ । हामी जस्ता गरिब र साना किसानलाई यो कार्यक्रमले धेरै राम्रो टेवा पुर्याएको उनले बताईन् ’।

यस कार्यक्रम बाट उनि जस्ता साना किसानहरुले घरमै बसेर आम्दानी गर्ने गरेका छन् । स्थानीय उत्पादनमा आधारीत दिवा खाजा कार्यक्रम विद्यालय दिवा खाजा कार्यक्रम मोडल हो । यस अन्तरगत साना किसानले स्थानीय रुपमा उत्पादन गरिएका वालिहरु बाट स्वास्थ्य पौष्टीक र ताजा खाजा उपलब्ध गराईने गरेको एमपिडिएस बझाङ परियोजना संयोजक शिवराज उपाध्यायले बताए । उनले भने, यो कार्यक्रमले विद्यालयका वालकालिकाहरुको पोषणमा सुधार र स्थानीय साना कृषकहरुकोआय स्तरमा समेत बृद्धी गरेको पाईन्छ । यो कार्यक्रमले स्थानीय र विद्यालयलाई समेत जोड्ने काम गरेको छ । यो कार्यक्रम बझाङ जिल्लाका ४ सय ४९ वटा विद्यालयमा लागु भएको छ । जसमा ५१ हजार ३५ जना बालबालिका लाभान्वित भएका छन् । बाल कक्षा देखी कक्षा ८ मा पर्ने वालबालिकाहरुले दैनिक प्रति विद्यार्थिलाई ४० ग्राम तरकारी, २० ग्राम दाल,८० ग्राम चामल,१० ग्राम तेल र नुन २ ग्रामका दरले उपलब्ध गराउने गरेका छौ । एक दिनमा तरकारी मात्रै साना किसानले २ हजार ४२ किलोग्राम विद्यालयलाई विक्री गर्ने गरेको बताए ।

यता केदार स्यूँ गाउँपालिकाकी उपाध्यक्ष मनिशा धामीले एमपिडिएस लागु भएपछी गाउँघरमा तरकारी लगाउने बानिको विकास भएको आफुले पाएको बताईन्, । उनले भनिन्,‘आफुलाई खानका लागी मात्रै तरकारी गर्नेहरुले ब्यावसायीक रुपमा तरकारी उत्पादन गर्न थालेका छन् । अहिले तरकारीको ब्यापार पनी बढेको पाएका छौ । पहिले गाउँ घरमा सुख्खा रोटी संग खाना खानेहरु अहिले तरकारी नभएर नखाने सम्म भएको पाएका छौ । पहिला मौषममा पनी तरकारी पाउन मुस्किल हुन्थ्यो , तर अहिले बेमौषमा पनी प्रसस्त रुपमा तरकारी पाईने गरेको छ । बाहीर जिल्ला बाट आउने तरकारीमा पनी कमी आएको अनुभव हामीले गरेका छौ । स्थानीय बजारहरुमा पहिला बाहीरी जिल्लाको तरकारी बढी खपत हुन्थ्यो तर अहिले त्यो घटेको छ । अहिले हाम्रै गाउँलेहरुले उत्पादन गरेको तरकारी नै बजारमा देखीन्छ । यसको श्रेय एमपिडीएसलाई जाने उपाध्यक्ष धामीले बताईन् । साथै उनले विद्यालयमा लागु भएको दिवा खाजा कार्यक्रमले स साना बालबालिकाहरुलाई विद्यालय जाने बानिको विकास र विद्यालय पुगेर पनी चाँडै घर भाग्ने बालबालिकाहरु विद्यालय समय भरी स्कुलमा नै बस्ने बानिको विकास हुनुका साथै विद्यालय छोड्दरमा पनी कमी आएको आफुहरुले पाएको बताईन्’ ।