आजका लागि मौसममा मिश्रित अवस्था, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा साधारणतया बदली रहने

Image
Nisarga Hospital

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि अन्य भू-भागमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जानकारी दिएको छ।

CP Hospital Dhangadhi

शनिबारको मौसम
शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतः सफा मौसम रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

nawajiwan

तराई तथा उपत्यकाका धेरै स्थानमा बिहान हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले जनजीवन, यातायात, स्वास्थ्य, र हवाई उडानमा असर पर्न सक्ने महाशाखाले चेतावनी दिएको छ।

Attariya Hospital

आइतबारको मौसम
आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका साथै अन्य उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले बदलिँदो मौसमका कारण सतर्क रहन र आवश्यक तयारी गर्न आग्रह गरेको छ।