डोटीको पुरानो शैक्षिक संस्था सिताराम स्कुलमा पुर्ब विद्यार्थी समाज गठन

Image
Nisarga Hospital

कैलाली: डोटी जिल्लाको पुरानो शैक्षिक संस्था शिखर -९ मा रहेको सिताराम माध्यमिक बिधालयमा अध्यन गरेका बिद्यार्थीहरुले पुर्ब विद्यार्थी समाज गठन गरेका छन् । समाज को शनिबार प्रथम साधारण सभा सप्पन्न भएको छ ।

CP Hospital Dhangadhi

तदर्थ समितिका अध्यक्ष लाल बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिधालयका पुर्ब प्रधानाध्यापक लोकराज पन्त रहनु भएको थियो । कार्यक्रममा सुदुरपश्चिम बिस्वबिधालयका उपकुलपति प्रा. डा . हेमराज पन्त , कैलाली बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख डा. हेमराज पन्त , बिधालय ब्यबस्थापन समितीका अध्यक्ष पुष्पराज पन्त लगाएत बिधालयमा अध्यन गरेका पुर्ब बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Attariya Hospital

यसै बिच प्रथम साधारण सभाले पुन: लाल बहादुर कडायतलाई नै अध्यक्ष चयन गरेको छ । कठायत बिधालयका पुर्ब प्रधानाध्यापक समेत हुन । यस्तै बरिस्ठ उपाध्यक्ष भिम बहादुर बलायर, उपाध्यक्षमा कृष्ण बोहरा, सचिबमा जयराज ओझा , कोषाध्यक्षमा वीर बहादुर कुँवर चयन भएका छन् । सिताराम बिधालय २०१७ सालमा स्थापना भएको हो ।

nawajiwan

उक्त बिधालयमा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा , एमाले सचिब लेखराज भट्ट , काँग्रेस नेता वीर बहादुर बलायरले समेत अध्यन गरेका थिए ।