काँग्रेस कैलालीले माघ २५ गते नेता कार्यकर्ता धनगढीमा उतार्दै, यस्तो छ रणनीति !

Image
Nisarga Hospital

धनगढीः नेपाली काँग्रेस कैलाली दोस्रो जिल्ला सम्मेलन भव्य रूपमा सफल पार्न विभिन्न तह सँग छलफल चलाएको छ । काँग्रेसको जिल्ला सम्मेलन माघ २० गते आइतबार बसेको बैठकले १४ औँ महाअधिवेशन  पछिको दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो । काँग्रेसले माघ २५ गते धनगढीमा जिल्ला सम्मेलन गर्ने मिति तय गरेको हो ।

CP Hospital Dhangadhi

काँग्रेस कैलालीले वडा देखी केन्द्र तहका संरचनामा सङ्गठनलाई चलायमान बनाउनलाई सम्मेलनको आयोजना गरिरहेको छ । जिल्ला समितिले वडा, नगर, प्रदेश र क्षेत्रीय समितिको सम्मेलन सकेर अब जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । कार्यकर्ताहरूको तल्लो तह सम्मको एजेन्डालाई समेटेर जिल्ला समितिले आफ्नो कार्यदिशा तय गर्ने रणनीति बनाएको नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले जानकारी दिएका छन् । जिल्ला समितिले वडा तह सम्म प्रतिनिधि खटाएर सम्मेलन सकिएको समेत सभापति भट्टले जानकारी दिएका छन् ।

Attariya Hospital

सम्मेलनमा संगठनीक प्रतिवेदन, आर्थिक प्रतिवेदनमा छलफल गरिने सभापति भट्टले जानकारी दिएका छन् । काँग्रेसको केन्द्रीय समितिले केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जिल्ला प्रतिनिधि खटाएको छ । चौधरीले जिल्लाका कार्यकर्ताको भावना र बस्तुस्थिती केन्द्रीय समितिलाई प्रतिवेदन बझाउने बताएका छन् । सम्मेलनलाई सफल पार्न जिल्ला स्थित पार्टीका सबै भातृ, शुभेच्छुक सङ्गठन सँग अलग अलग छलफल चलाएको केन्द्रीय सदस्य नृपबहादुर वडले जानकारी दिएका छन् । सबै सँग छलफल गरेरै जिल्ला सम्मेलनमा संगठनिक प्रतिवेदन तयार हुने केन्द्रीय सदस्य वडले जानकारी दिए । सम्मेलनको पार्टीको केन्द्रीय सदस्य एवं नेपाली सरकारको परराष्ट्र मन्त्री डा। आरजु राण देउवा द्वारा उद्घाटन गर्ने कार्य तालिका तय भएको छ ।

nawajiwan

सम्मेलनमा पार्टीको केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रका सदस्यहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभाका क्षत्रिय सभापति, पदाधिकारीहरू, पालिका सभापति पदाधिकारी सदस्य हरुको सहभागी रहने जिल्ला सचिव नृपबहादुर सुनारले जानकारी दिएका छन् ।  यस्तै गरी पार्टीको वडा सभापति, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरूको प्रमुख एवं प्रतिनिधिहरूको सम्मेलनमा सहभागी हुने नेपाली काँग्रेस कैलालीका प्रचारप्रसार प्रमुख तपेन्द्र भुषालले जानकारी दिएका छन् । सम्मेलन धनगढीमा रहेको कैलाली उद्योग वाणिज्य संघको सभा हलमा हुने उनले बताए ।