
धनगढी ः शिक्षा क्षेत्रमा योगदान पु-याउने पाँच जना व्यक्तित्वलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन सुदूरपश्चिम समितिले सम्मान गरेको छ । गृहमन्त्री रमेश लेखकले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका हुन । धनगढीमा आज (सोमबार) भएको आफ्नो चौथो अधिवेसनको अवसरमा प्याब्सनले उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा शिक्षाविद् एवम् सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, शिक्षासेवी कैलाशप्रसाद दाहाल रहेका छन। यसैगरी, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक यादवप्रसाद जोशी, शिक्षासेवी डिल्लीराज जोशी सम्मानित भएका छन।

































