देव यातायात प्रा.लि.द्धारा विद्युतिय ट्याक्सी सेवा सुरु

Image
Nisarga Hospital

धनगढीः कैलालीको धनगढीमा विद्युतिय ट्याक्सी सेवा शुभारम्भ गरिएको छ । देव यातायात प्रा.लि धनगढीले मुख्यमन्त्री कमलबहादुर शाहबाट बिहिबारदेखि विद्युतिय ट्याक्सीको सेवा शुभारम्भ गरेको हो ।

CP Hospital Dhangadhi

मुख्यमन्त्री शाहले रिवन काटेर सो सेवा शुभारम्भ भएको जानकारी दिँदै –‘वातावरणीय र यात्रुहरुको सहजताका लागि ल्याइएको सेवामार्फत धनगढीबासी लाभान्वित हुने देखिन्छ ।’

उनले भने –‘विद्युतिय ट्याक्सी अवधारणा एकदमै सकारात्मक रहेको छ । जतिखेर र जुनठाउँमा पुगेर पनि यातायात सेवा प्रदान गर्न सकिन्छ भन्ने पनि यसले सन्देश दिन खोजेको छ । विशेषगरी रातीको समयमा यात्रा गर्दा यात्रुहरुले समयमै सवारी साधन नपाउँदा सास्ती भोग्नुपर्ने अवस्था रहेको छ । एप्समार्फत ट्याक्सी बुकिङ्ग गरि गन्तव्यमा पुगाउन यसले मद्दत पुगाउने देखिन्छ ।’

nawajiwan

प्रा।लिका संचालक जगत रेग्मीले अहिले तीन वटा विद्युतिय ट्याक्सी संचालनमा ल्याइसकेको बताउँदै –‘हामीले पाँच वटा ट्याक्सी राखेर सेवा दिने छौं । अहिले तिन वटा ल्याइसकेका छौं । थप दुई वटा केही दिनमा आउँछन् । निकट भविष्यमा थप गाडि संचालनमा ल्याउने छौं ।’

Attariya Hospital

उनले जुनसुकै समयमा र जहाँ पनि सेवा दिन थुप्रै गाडि आवश्यकता पर्ने भएको हुँदा गाडिको संख्या बढाएसंगै एप्सबाट बुकिङ्ग गर्न मिल्ने गरि सेवा अघि बढाउने बताए ।

उनले भने –‘अहिले विशेषत विद्युतिय ट्याक्सी धनगढी विमानस्थल र अस्पतालहरुमा संचालन गरिने छ । आगामी दिनमा यसलाई थप सहज र सरल बनाउँदै अघि बढ्ने छौं ।’

संचालक रेग्मीले विद्युतिय ट्याक्सीसंगै आफुहरु सिजी कम्पनिअन्र्तगतको सो ट्याक्सीको आधिकारिक विक्रेता पनि भएको बताउँदै –‘हामीले यात्रु बोक्नुका साथै ट्याक्सी विक्री गर्ने छौं । अहिले प्रति ट्याक्सीको न्यूनतम मूल्य ३९ लाख रहेको छ ।’