भवन निर्माणको काम सुरु

Image
Nisarga Hospital

धनगढीः चन्द्रोदय माध्यमिक विद्यालय, धनगढीको आठ कोठाको भवन निर्माणको काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा रहेको विद्यालय भवनको पूर्व मन्त्री रमेश धामीले शिलान्यास गरेका हुन। सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य धामीले एक करोड ४५ लाख ८७ हजार आठ सय ८९ रुपैयाँको लागतमा निर्माण गर्न सम्झौता गरिएको विद्यालय भवनको आइतवार शिलान्यास गरेका छन्। उनले धनगढी उपमहानगरले शिक्षा क्षेत्र सुधारका लागी गरेको प्रयास सह्रानीय रहेको बताए। उनले सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षकहरूका छोरा–छोरी निजी विद्यालयमा पढाउने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाले विद्यालय भवन निर्माणका लागि नुरा निर्माण सेवासँग २०८१ माघ ११ गते सम्झौता गरेको हो। विद्यालय भवन निर्माणको काम २०८३ असार १५ गते भित्र पूरा गर्नुपर्ने छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले शिक्षा क्षेत्र सुधारका लागी विद्यालय समायोजन गर्ने, नमुना विद्यालयहरू सञ्चालन गर्ने कार्यक्रम रहेका बताए। विद्यालयहरूको नतिजामासमेत सुधार आएको दाबी उनको छ। उनले भनेका छन्, ‘सरकारले मात्रै चाहेर सबै हुँदैन। अब अभिभावक पनि जाग्नुपर्छ। निजि स्कुलमा हामीले शुल्क तिर्ने अनी बच्चाको उत्तिकै हेरचाह गर्ने। अनी, सरकारी स्कुलमा बच्चा पठाएर फर्केर पनि नहेर्ने परिपाटी अन्त्य गरौँ। सबै मिलेर सामुदायिक विद्यालय सुधार गरौँ।’

Attariya Hospital

विद्यालयको भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख कन्दकला राना, वडा अध्यक्षहरू भुवन रिजाल, मान बहादुर विष्ट, बधुराम चौधरी, रामलाल चौधरी र राज बहादुर ऐरको सहभागिता रहेको थियो।

nawajiwan