उपकुलपति जोशी सम्मानित

Image
Nisarga Hospital

धनगढी ः धनगढी स्थित हिल वर्ल्ड इङ्लिस माविले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आइतबार सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीलाई सम्मानित गरेको छ।
शिक्षा, साहित्य कला र संस्कृतिका क्षेत्रमा डा. जोशीले पुर्याएको विशिष्ट योगदानका लागि विद्यालयले उक्त सम्मान तथा अभिनन्दन गरेको हो।
समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम सरकारका अर्थ राज्यमन्त्री प्रकाश बम, विद्यालयका प्राचार्य डीआर शर्मा र अध्यक्ष भोजबहादुर बमले डा.जोशीलाई दोसल्ला र अभिनन्दनपत्रसहित विशिष्ट शिक्षासेवी सम्मान प्रदान गरे।
सो अवसरमा बोल्दै उपकुलपति जोशीले शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा आफू विगत तीस वर्षदेखि साधनारत रहेको बताए। उनले विद्यालयले गरेको सम्मान प्रति कृतज्ञता प्रकट गरेका छन्।
विद्यालयका अध्यक्ष तथा गौरीगंगा नगरपालिकाका नगरप्रमुख भोजबहादुर बमको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि राज्यमन्त्री बम, विशिष्ट अतिथि उपकुलपति डा. जोशी, ऐश्वर्यका क्याम्पस प्रमुख धर्मदेव भट्ट, शिक्षासेवी यादवप्रसाद जोशी, विद्यालयका प्रअ डीआर शर्मा, त्रिनगर माविका प्रअ भूपाल खड्का लगायतले शुभकामना प्रकट गरेका थिए।
वार्षिकोत्सव समारोहमा विद्यालयले बिभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरेको थियो भने विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए।

CP Hospital Dhangadhi
Attariya Hospital