म्याग्दीमा बिहानैको समयमा ३.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

Image
Nisarga Hospital

म्याग्दीमा मंगलबार (फागुन १३) बिहान भूकम्पका साना धक्का महसुस गरिएको छ।

CP Hospital Dhangadhi

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५:५२ बजे म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि बिहान ६:१३ बजे म्याग्दीकै देवीस्थान आसपास केन्द्रविन्दु भएर पुन: ३.४ म्याग्निच्युडको अर्को भूकम्प मापन गरिएको छ।

Attariya Hospital

केन्द्रका अनुसार यी साना धक्का हुन् र विशेष असर पार्ने खालका छैनन्। भूकम्पका यस्ता सानातिना धक्का मापन हुनु स्वाभाविक प्रक्रिया भएको केन्द्रले जनाएको छ।

nawajiwan

# ट्रेण्डिङ