
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका मा आजदेखि मानव अधिकारका लागि महिला, एकल महिला समूह द्वारा संचालित एकल महिला सशक्तिकरण कार्यक्रम सुरु भएको छ।


गोदावरी नगरपालिकामा मानव अधिकारका लागि महिला, एकल महिला समूह द्वारा एकल महिला तथा विपन्न समुदायको सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सुरु गरिएको छ। यसअघि कैलारी गाउँपालिका मा प्रभावकारी रूपमा काम गरिसकेको समूहले अब गोदावरी नगरपालिकामा पनि महिलाहरूलाई आत्मनिर्भर बनाउन पहल गर्दैछ।

समूहका संयोजक वेद अवस्थीका अनुसार, सीपमूलक तालिम, कानुनी सहायता, बालबालिका शिक्षा, हिंसा विरुद्ध सचेतना, महिला स्वास्थ्य तथा स्वरोजगार कार्यक्रमहरू संचालन गरिनेछ। यस अभियानलाई KURVE Wustrow को सहकार्यमा अघि बढाइनेछ।

कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रहेका थिए साथै बिशिष्ट अतिथीमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहनुभएको थियो। उहाँले नगरपालिकाभित्र एकल महिला, विपन्न तथा दलित महिलाहरूको अधिकारको सुनिश्चितता गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै आज देखि लागू भएको कार्यक्रमलाई सदैव सहयोग सँगै साथ समर्थन गर्ने बताएकी छिन्।



मानव अधिकारका लागि महिला, एकल महिला समूहकी संयोजक वेद अवस्थीका अनुसार, समूहले विगतमा कैलारी गाउँपालिकामा यस्ता कार्यक्रम सञ्चालन गरिसकेको छ। यस पटक गोदावरी नगरपालिकामा कार्यक्रमलाई विस्तार गरिएको बताएकी छिन्। साथै कार्यक्रममा इन्सेक नेपाल र फाया नेपाल, निड्स नेपालका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।

फाया नेपालकी अध्यक्ष गोमा आचार्य ले बालबालिकाको सशक्तिकरण र समावेशी समुदायको विकास गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताइन्। सरोकारवालाहरूलाई समेटेर आयोजना गरिएको परिचयात्मक कार्यक्रम ले एकल महिलाहरूको आर्थिक, सामाजिक तथा कानुनी अधिकार प्रवर्द्धनमा मद्दत गर्ने अपेक्षा गरिएको छ।






























