
धनगढी : नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनले अच्युत नेपालको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

महासंघको शुक्रबार धनगढीमा आयोजित अधिवेशनले बरिष्ठ उपाध्यक्षमा प्रमोदकुमार बानियाँ, उपाध्यक्षमा लक्ष्मी शर्मा, लोकबहादुर बोहरा, महासचिवमा छत्रबहादुर बम निर्बिरोध निर्वाचित गरेको छ । यसैगरी सचिवमा बद्रीप्रसाद दाहाल, कोषाध्यक्षमा राजेन्द्र थापा निर्विरोध निर्वाचित भएको महासंघका महासचिव छत्रबहादुर बलमे जानकारी दिए ।

केन्द्रीय सदस्यहरुमा क्रमशः नारायण श्रेष्ठ, राजन खत्री, शुष्मा रावल, सतिश अधिकारी, राकेश शाह, विजय श्रीवास्तव, ललन तिवारी, सरोज कोइराला, मानबहादुर साउँद, सिपी शर्मा नेपाल, प्रमोद पाठक, सुजित शर्मा, राधिका साउँद, भिम कुमाल, कैलाश रञ्चि, सुमन पौडेल र भीम भुजेल चयन भएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. पदमराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता अच्युत नेपालले गरेका थिए । कार्यक्रममा डीन जोशीले सुप विश्वविद्यालय र महासंघबीच साझेदारी गरेर अघि बढ्ने आश्वासन दिए ।
महाधिवेशनमा सिटिभिटीमा आवद्ध भएका एक हजार ४० तालिम प्रदाय संस्थाका १५० जना प्रनितिनिधिहरुको सहभागीता रहेको थियो ।






























