
देशभित्र फेरी पनि रक्तपात हुँने देखिन्छ,
हिमाली काखमा जनघात हुँने देखिन्छ।

नालायक सत्ताका भोका नेताले गर्दा हो,
ल्याएको गणतन्त्रको मात हुँने देखिन्छ।
हिमाल पहाड तराई सयौँ फूलको बगैचा,
अँधकारमय त्यही प्रभात हुँने देखिन्छ।

पचेन की हामिलाई स्वाभिमान स्वतन्त्रता,
अस्तायोभने उही कालो रात हुँने देखिन्छ।
कस्तो थियो त्यो तानाशाही व्यवस्था यहाँ,
नीजि स्वार्थमा उस्तै हालात हुँने देखिन्छ।
हाम्रै स्वतन्त्रताकै घाँटी रेट्न थालियो भने,
देशभित्र फेरी रगतको बर्षात हुँने देखिन्छ।
॥१॥
सयौँ फूल फुल्ने बगैचा तराई,पहाड र हिमाल बनाऊँ,
संसारले चिन्नसक्ने अब सगरमाथा फेवाताल बनाऊँ।
उकाली ओराली हरियो बनजङ्गल सुन्दर शान्त कति,
सबै मिलेर बाँचन सक्ने यो प्यारो देश नेपाल बनाऊँ।
थियो कुनैवेला टिस्टा देखि सतलज सम्म देश हाम्रो,
टुक्रायो दुष्टहरू मिलेर हाम्रो देश फेरी बिसाल बनाऊँ।
कान्ती आउँछ सबैको घरघरमा आमूलपरिवर्तन गरौँ,
उठाउँ देशको झण्डा एउटै देशभक्त सञ्जाल बनाऊँ।
तस्कर बढ्यो अपराध बढ्यो उस्तै छ खुला सामाना,
यो देशको हितामा बोडरहरूमा अब पर्खाल बनाऊँ।
जीत हुन्छ जो गर्छ शंघर्ष ज्यानको बाजि लगाएउँदै,
अम्मर राख्नु छ राष्ट्र आफ्नै छातीलाई ढाल बनाऊँ।
॥२॥

साहित्यलाई साहित्यिक सफर बनाएर हिडौँ,
न राम्रो बाटो छाडौँ राम्रो डगर बनाएर हिडौँ।
भन्नेले भनिरहन्छन् त्यो उनिहरूको काम हो,
हातेमालो गरौँ एकताको रहर बनाएर हिडौँ।
दुःख सुख्ख त मानिसलाई घाम छायाँ जस्तै,
हृदयमै पिढा तर हसिलो अधर बनाएर हिडौँ।
देशको लागि नागरिकको एकता चाहिन्छ नि,
त्यसले त देश जोगाउँने खबर बनाएर हिडौँ।
देशलाई प्रतिगमन तर्फ डोराउँनु गलत होला,
प्रगतिमा लम्किन सक्ने सकभर बनाएर हिडौँ।
॥३॥
कसैले बोक्सी भने कसैको गए सति कसैको,
आँमा उनै छोरी र बहिना उनै श्रीमति कसैको।
बगाए पसिना रगत घर र माइतमा गर्छन् काम,
जीवन गयो तर भए वेनाम गर्दा प्रगती कसैको।
झेल्दैछन् छाउगोठ मै नारकिए जीवन महिलाँ,
नसम्झे कोइ दाश होइनन् महिँला जती कसैको।
जुर्मुराउछौँ लिएर महिँला दिवससँग प्रेणा हामी,
आठ मार्च पारौँ सफल नहौस नी खती कसैको।
अन्तरराष्ट्रिय श्रमिक महिँला दिवसको स्वागत,
समानतामा विमती नहोस् अलिकती कसैको।
पुरूष प्रधान पुँजीवादले नर्कमा पुरायो महिँला,
कसैको ऐयासी छ जल्यो मुटु भतभती कसैको।
सुरेशकुमार पाण्डे दाङ घोराही १८




























