काठमाडौँमा जारी शिक्षक आन्दोलनले निजी विद्यालयलाई फाइदा, सरकारी विद्यालयको भर्ना अभियान चौपट

Image
Nisarga Hospital

काठमाडौँ उपत्यकामा जारी शिक्षकहरूको आन्दोलनले सरकारी विद्यालयको नयाँ भर्ना अभियान प्रभावित भएको छ। शिक्षण पेसामा आबद्ध कर्मचारीहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन चर्काएपछि सरकारी विद्यालयहरूमा भर्ना रोकिएको छ।

CP Hospital Dhangadhi

यसले गर्दा अभिभावकहरू निजी विद्यालयतर्फ आकर्षित भएका छन्। केही निजी विद्यालयहरूले त भर्ना खुला भन्दै प्रचारसमेत थालेका छन्। सरकारी विद्यालयमा पठनपाठन र भर्ना प्रक्रिया ठप्प हुँदा विद्यार्थीको सङ्ख्या घट्ने चिन्ता शिक्षाविद्हरूले व्यक्त गरेका छन्।

Attariya Hospital

शिक्षामन्त्रीले भने आवश्यक प्रक्रिया अगाडि बढाउन शिक्षकलाई विद्यालय फर्कन आग्रह गर्दै विद्यालय शिक्षा विधेयक वैशाख १२ गतेभित्र पारित हुने जनाएका छन्।

nawajiwan