लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कंचनपुरको अध्यक्षमा भट्ट

Image
Nisarga Hospital

कैलाली: लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कंचनपुरको प्रथम जिल्ला भेला तथा अधिबेशनले प्रेम प्रकाश भट्टको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्बिरोध रुपमा चयन गरेको छ । नेपाली कांग्रेस कंचनपुरका सभापति एबम भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको आतिथ्यमा भएको प्रथम भेलाले भट्ट नेतृत्वको कार्य समिति निर्बिरोध चयन गरेको हो ।

CP Hospital Dhangadhi

कार्य समितिको उपाध्यक्षमा हरि प्रसाद भट्ट र योगेन्द्र ठकुराठी निर्वाचित भएका छन । त्यस्तै महासचिवमा लक्ष्मण दत्त लेखक, उपमहासचिवद्वयमा सुर्य बहादुर चन्द र दीपक भट्ट, कोषाध्यक्षमा बृज किशोर चन्द, सहकोषाध्यक्षमा यज्ञ राज बैध निर्वाचित भएका छन ।

यसैगरि सदस्यहरुमा दिल बहादुर सिंह, बिष्णु बहादुर सिंह, निर्मला भट्ट, अहिल्या बोहरा, पदमराज भट्ट, चित्र बहादुर कार्की, तारा सिंह ऐर र मनिष बोहरा निर्वाचित भएको निर्वाचन अधिकृत लोक बहादुर ठकुराठीले जानकारी दिए ।

nawajiwan
Attariya Hospital

लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कंचनपुरको प्रथम जिल्ला भेला तथा अधिबेशनमा कांग्रेस कंचनपुरका सचिब भिम भट्ट, नेपाल लोकतान्त्रिक निर्माण ब्यबसायी संघका केन्द्रीय उपसंयोजक एबम नेपाल निर्माण ब्यबसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश बहादुर सेठी, प्रदेश संयोजक मदन बहादुर कुंवर बिशिष्ठ अतिथि रहेका थिए ।

त्यस्तै, कार्यक्रममा नेपाल निर्माण ब्यबसायी संघका केन्द्रीय सदस्यहरु दिनेश सिंह, सुदुरपश्चिम प्रदेश निर्माण ब्यबसायी संघका बरिष्ठ उपाध्यक्ष कमलेश कपाडी, उधोग बाणिज्य संघका केन्द्रीय सदस्य जंग बहादुर मल्ल, लोकतान्त्रीक निमार्ण ब्यबसायी संघ कैलालीका जिल्ला अध्यक्ष निरन्जन शाह, तरुणदलका केन्द्रीय सदस्य आशिष खत्री लगायत निर्माण ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।