अत्तरियामा ‘घुम्ती खाद्य प्रयोगशाला’ सहित बजार अनुगमन, ९२ हजारका सामग्री नष्ट

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारमा पहिलो पटक ‘घुम्ती खाद्य प्रयोगशाला’ सहित बजार अनुगमन गरिएको छ । अखाद्य बस्तुको ठाउँको ठाउँ रिपोर्ट दिने गरी प्रयोगशाला सहितको गाडी लिएर गरिएको अनुगमनमा ठुलो परिणाममा अखाद्य बस्तु फेला परेको छ । अत्तरियाका विभिन्न ४० वटा पसलमाा गरेको अनुगमनमा ९२ हजार बराबरको सामग्री नष्ट गरिएको छ ।

CP Hospital Dhangadhi

जसमा सबैभन्दा बढी आइसक्रिम बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेले बताए । उनले अत्तरियाका २ आइसक्रिम उद्योगमा गरिएको अनुगमनमा ३१० किलोग्राम अखाद्य आइसक्रिम बरामद गरिएको बताए । उनले मिश्रा आइस केन्डी उद्योगबाट २५० किलोग्राम र पुर्णागिरी आइसक्रिम उद्योगबाट ६० किलोग्राम अखाद्य आइसक्रिम जफत गरिएको बताए ।

Attariya Hospital

गोदावरी नगरपालिकाकी उपप्रमुख तथा अनुगमन टोलीकी संयोजक शारदा देवी रोकायाले बजारमा स्वस्थ खाद्य बस्तु भए नभएको बारेमा जानकारी लिन अनुगमन गरिएको बताइन् । उनले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर खाद्य पसलहरूको अनुगमन गरिएको बताइन् । उनले कामको व्यस्तताले नियमित अनुगमनमा केही ढिलाइ भएको बताइन् ।

nawajiwan
Advertize US