
बझाङः बझाङ जिल्लाका सबै सामुदायीक विद्यालयहरुमा (सरकारी स्कुलहरुमा) अहिले स्थानीय स्तरमा उत्पादन भएको ताजा र पोषिलो तरकारी तथा दाल पुग्ने गरेको छ । नजिकै बजार नपाएर समस्या खेप्दै आएका ग्रामिण कस्तिका साना किसानहरु अहिले मासिक रुपमा दश हजार भन्दा माथि आम्दानी गर्ने गरेका छन् । केहि बर्ष पहिला घर तथा छोरा छोरीको पढाई खर्चको जोहो गर्नका लागी भारतका शहरहरुमा मजदुरी गर्दै आएका साना किसानहरुले अहिले आ आफ्नो करेसाबारी बाट उत्पादन भएका हरियो तरकारी र दाल सामुदायिक विद्यालयहरुमा विक्री गर्न पाएका छन् । बर्षौ पहिला देखी विश्व खाद्यको सहयोगमा जिल्लाका सबै सामुदायीक विद्यालयहरुमा दिवा खाजा खुवाउदै आएका थिए ।

बाहिर जिल्ला बाट नै सम्पुर्ण सामाग्री खरिद गरेर विद्यालय विद्यालयहरुमा दिवा खाजा पुर्याउने गरीएको थियो । तर पछिल्लो समयमा भने उक्त दिवा खाजा कार्याक्रकलाई स्थानीय उत्पादनमा जोडेको छ । उक्त दिवा खाजालाई स्थानीय उत्पादनमा जोडे संगै यसको प्रत्यक्ष फाईदा विद्यालयमा अध्यन गर्ने बालवालीकाहरुलाई मात्रै नभएर सोही गाउँ ठाउँका किसानहरुलाई पनी फाईदा पुगेको सामुदायी विद्यालयमा प्रधानाध्यापकहरुको भनाई छ । जनप्रिय माविका प्रधानाध्यापक पदम खड्काले यस कार्यक्रमले किसानलाई ठुलो सहयोग पुगेको बताए । उनले भने,पहिला दिवा खाजा सबै तयारी भएर विद्यालयमा नै पुग्ने गरेको थियो । तर अहिले उक्त मोडल परिवर्तन भएर स्थानीय उत्पादन संग दिवा खाजालाई जोडेका कारण यसको लाभ साना किसानहरुले उठाएको बताए । जिल्लाका सबै सामुदायीक विद्यालयहरुमा नजीकका साना किसानहरुले दैनिक रुपमा हरियो तरकारी, दाल समेत विद्यालयलाई विक्री गरेर धेरै जस्तो किसानको मुख्य आम्दानीको स्रोत यो कार्यक्रम बनेको बताए ।


यस कार्यक्रमको लाभमा धेरै किसानहरु रहेका छन् । भारतका शहरमा पुगेर मजदुरी गरी जीविका चलाउदैल आएका धेरै जस्तो किसानहरुले अहिले भारत जान समेत छोडेका छन् । यसको बलियो उदाहरण थलारा गाउँपालिका वडा नम्बर ७ का मान बहादुर चलाउने हुन् । आफ्नो जीवन कालको आधार जोबन भारतका विभिन्न शहरमा मजदुरी गरेर जीविका चलाउदै आएका थिए । तर अहिले उनले भारत जान छोडेको २ बर्ष पुग्यो । आफु संग धेरै जमिन नभएपनी अर्काको जमिन केहि समयका लागी भाडामा लिएर भएपनि अहिले तरकारी ब्यावसायी गर्दै आएको बताए । उनले भने,‘घरमा आयस्रोतको माद्याम केहि पनि नभएका कारण लामो समय भारतमा विताएको हुँ । पहिला तरकारी आफुलाई मात्रै लगाउने गरेका थियौ । तरकारी उत्पादन गरेपनि नजिक बजार थिएन । भने जस्तो मुल्य पनि नपाइने भएका कारण यस ब्यावासायमा चाँसो गएको थिएन । जब आफ्नो करेसाबारीमा उत्पादन गरेको तरकारीहरु नजीकै रहेका सामुदायी विद्यालयहरुमा विक्री हुन थाल्यो । यसले आफु जस्ता न्यून आयस्रोत भएकाहरुका लागी ठुलो फाईदा तथा आय स्रोतको मुख्य माद्याम बनेको बताए ।
अहिले मासिक रुपमा १२ हजार रुपैया आम्दानी गर्ने गरेको बताए । २ छोरा १ छोरी सहति ५ जनाको परिवार रहेको उनको छोरीको पढाई खर्च र घरायसी खर्चको जोहो यसै ब्यावसायले हुने गरेको बताए । बर्ष पहिला देखी तरकारी ब्यावसाय गर्ने चाहाना थियो । बजार नपाएर उक्त सपना साकार हुन सकेको थिएन । आफ्नो आम्दानीको स्रोत केहि पनि नभएकै कारण आफुले भारतको पिथौरागढमा गएर मजदुरी गरी सिचाई गर्नका लागी १४ हजारको पाईप मात्रै लिएर घर फर्किएको बताए । उक्त दिनलाई स्मरण गर्दै अहिले आफुलाई एम.पि.डि.एस. बझाङ र थलारा गाउँपालिकाले समेत बेला बेला सहयोग गरेको बताए ’। उनले अहिले आफ्ने गाउँघर नजीकै रहेका डाँडा बाघ आधारभुत विद्यालय,भवानी मा.वि. र शैलेश्वरी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थिहका लागी आफ्नो करेसाबारीमा उत्पादन गरेको हरियो तरकारी विक्री गर्दै आएको बताए । उनले आफु जस्ता गरीबहरु र साना किसानहरुका लागी यस कार्यक्रमले निकै ठुलो सहयोग पुर्याएको बताए ।
‘विश्व खाद्य कार्यक्रम अन्तरगत यस अन्तरगत साना किसानले स्थानीय रुपमा उत्पादन गरिएका वालिहरु बाट स्वस्थ पौष्टीक आहार र ताजा खाजा उपलब्ध गराईने गरेको एम.पि.डि.एस. बझाङका परियोजना संयोजक शिवराज उपाध्यायले बताए । उनले भने, ‘यो कार्यक्रमले विद्यालय उमेर समुहका वालबालिकाहरुको पोषणमा सुधार र साना कृषकहरुको आय स्तरमा समेत बृद्धी भएको बताए । यो कार्यक्रमले स्थानीय र विद्यालयलाई समेत जोड्ने काम गरेको छ । यो कार्यक्रम बझाङ जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा लागु भएको छ । बाल कक्षा देखी कक्षा ८ मा अध्यान गर्ने वालबालिकाहरुले दैनिक रुपमा प्रति विद्यार्थिलाई ४० ग्राम तरकारी, २० ग्राम दाल,८० ग्राम चामल,१० ग्राम तेल र नुन २ ग्रामका दरले उपलब्ध गराउने गरेका जानकारी दिए । एक दिनमा तरकारी मात्रै साना किसानले २ हजार ४२ किलोग्राम विद्यालयलाई विक्री गर्ने गरेको उपाध्यायले बताए ।
यस कार्यक्रमले विद्यालय स्वास्थ्य र पोषण सेवाहरुको उपब्धता, पहुँच र प्रयोगलाई सबै लक्षित विद्यार्थीहरु सम्म पुग्ने क्षमता बढाउने र सुधार गर्ने , खाद्य स्वाच्छता सहित पनी र सरसफाई सेवाहरुको पहुँच र प्रयोगको माध्यम बाट स्वास्थ्य विद्यालय बातावरण सुधार गर्ने , शिक्षा र व्यवहार परिर्वतन संचार मार्फत स्वस्थ्य व्यावहार र बानी सुधार गर्ने र प्रणाली र कार्यान्वयनलाई बलियो बनाउने कार्य गर्दै आएको बताए । साथै उनले विद्यालय स्वास्थ्य कार्यक्रमको समग्र लक्ष्य विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शाररीक,शिक्षा, मानसिक,भाबनात्मक विकास गर्ने तरीकाले काम गरी रहेको बताए’ । आफुहरुले पनी समय समयमा विद्यालयमा तरकारी पुगे नपुगेको बारेमा अध्यन अवलोकन तथा अनुगमन गर्ने गरेको उपाध्यायले बताए ।


























