
कती लुकी रहला यो घुल्छ जिलाब एकदिन,
यही चाला रहिआए हुन्छ वे नकाब एकदिन।

प्रतिगमन हुन्छ त्यो दिन चुपलागि बसेपछि,
बिउँतिन सक्छन् मुर्दा पनि जनाब एकदिन।
आगो हो पोल्दछ पानी भए बगाउँछ उसैले,
पग्लिने सहमतिमा रन्छ ऊ वेताब एकदिन।

मानिसहरूकै भिडमा भेट्दैन मानिस याहाँ,
हुनेछ मानवताको समेत अभाब एकदिन।
भनाई भन्दा व्यवहारले छुट्टाईदिन्छ साथि,
छिन्किन्छ समाजमा राम्रो र खराब एकदिन।
॥१॥
साँच्चै भन्दा पत्थरको जवाफमा पत्थर हुनुहुँदैन,
त्यसो हुनेहो भने महासय सिसाको घर हुँनुहुदैन।
आकास तिर फर्की थुक्नेहरूको कमि छैन यहाँ,
थुक आफ्नै मुखमा पर्नसक्छ वे खबर हुनुहुँदैन।
हो पक्का पक्की फलामले फलामलाई काटेकै हो,
गर्धननै काटिन्छ जीब्रालाई धार बन्ने रहर हुनुहुँदैन।

शान्तिकै लागि भन्दै पसुको बली नचढाए तिमीले,
शान्ति चाहानेहरूकै हातमा त्यो खञ्जर हुनुहुँदैन।
उनै छोरा-छोरीलाई पाल्दा जसले जीवन बितायो,
उन्को विवाह गराएपछि त उनैमा निर्भर हुनुहुदैन।
॥२॥
जो देशको लागी लड्यो उसैको उठिवास हुन्छ सधैँ,
देश कहिल्यै गुलाम भएन तर नेता दाश हुन्छ सधैँ।
रोजगार छैन र विदेश नजाँदा लगाउँन खाना पुग्दैन,
जीवित फर्किन्छ की मुर्दा चिन्ताको रास हुँन्छ सधैँ।
छिमेकीले पनि सधैँ गाँस्यो रोजी अनि बेटीको नाता,
सङ्कट पर्छ देशमा उसको योजना खास हुन्छ सधैँ।
किन नेता आमूल परिवर्तन गर्न उठाए बन्दुक उनैले,
अतिरञ्जित नारा सडक र सदनमै तमास हुन्छ सधैँ।
उफ धन कमाउँन गएको छोरा घर धितो राखे पछि,
ऊ बाकसमा फर्किदा घरमा जिउँदै लास हुन्छ सधैँ।
ज जसले महल बनायो उसैको बास छैन ओटलाग्ने,
धनको रास होइन यहाँ चिन्तानै एक गास हुन्छ सधैँ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८



















