देशभर विपद्‌को प्रकोप : हावाहुरीले उजाडियो ५० जिल्ला : ४ मृतक, २८ घाइते, एक दिनमै ९४ घटना, करोडौंको क्षति

Image
Nisarga Hospital

पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनाबाट चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

प्रिमनसुनको समयसँगै उत्पन्न मौसमीय अस्थिरताले देशका विभिन्न भागमा हावाहुरी, बाढी, पहिरो, चट्याङलगायत विपद् उत्पन्न भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाले देशका ५० जिल्ला प्रभावित गरेका छन्।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीकै कारण चार जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन्। त्यस्तै, चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एक जना घाइते भएका छन्।

nawajiwan
Attariya Hospital

प्राधिकरणले शुक्रबारको २४ घण्टामा मात्रै ५० जिल्लामा ९४ वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएको जनाएको छ। ती घटनाबाट रु १०८ लाख बराबरको अनुमानित आर्थिक क्षति पुगेको छ भने दुईवटा पशुचौपाया पनि मरेका छन्।

सबैभन्दा धेरै ५९ वटा घटना हावाहुरीका छन् भने आगलागीका १६ घटना भएको जनाइएको छ। अन्य घटनाहरूमा चट्याङ, पहिरो, बाढी र लगातार वर्षा रहेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ।

# ट्रेण्डिङ