पहिलोपटक ग्लोबल छनोट पुगेको नेपाली महिला टोलीको ऐतिहासिक सफलता

Image
Nisarga Hospital

नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ।

CP Hospital Dhangadhi

सोमबार सुपर थ्री अन्तर्गत सम्पन्न खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक उपलब्धि हात पारेको हो। यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि कप्तान इन्दु बर्मा अविजित ३० रनको इनिङ्स खेल्दै जितमा महत्वपूर्ण भूमिका निर्वाह गरिन्। पूर्वकप्तान रुबिना क्षेत्रीले पनि २३ रनको योगदान दिइन्।

nawajiwan
Attariya Hospital

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् भने तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रनको योगदान दिइन्।

यस ऐतिहासिक जितसँगै नेपाली महिला क्रिकेट टोलीले आगामी टी–२० विश्वकपका लागि ग्लोबल छनोट खेल्ने अवसर पाएको छ।