आईपीएल क्रिकेटमा बेंगलुरुले २२८ रनको विशाल लक्ष्य पछ्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गर्‍यो

Image
Nisarga Hospital

रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासको तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ।

CP Hospital Dhangadhi

मंगलबार इकाना स्टेडियममा लखनऊ सुपर जायन्ट्सविरुद्ध २२८ रनको लक्ष्य बेंगलुरुले ४ विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितसँगै बेंगलुरुले हालको सिजनको अंक तालिकामा दोस्रो स्थानमा अन्त्य गरेको छ। अब टिमले मे २९ मा पञ्जाब किङ्ससँग क्वालिफायर-१ खेल्नेछ।

बेंगलुरुका कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए। मयंक अग्रवालले पनि २३ बलमा अविजित ४१ रनको योगदान दिए। उनीहरूले पाँचौं विकेटका लागि १०७ रनको अविजित साझेदारी गरे।

nawajiwan
Attariya Hospital

यसअघि विराट कोहलीले आक्रामक पारी खेल्दै ५४ रन बनाएका थिए। यो उनको सिजनको आठौं र आईपीएल करियरको ६३ औं अर्धशतक हो। यससँगै उनले डेभिड वार्नरको ६२ अर्धशतकको कीर्तिमान तोडे।

बेंगलुरुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको लखनऊका कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रन बनाए। उनले ११ चौका र ८ छक्का प्रहार गरे। मिचेल मार्शले ६७ रन जोड्दै टोलीलाई २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रनमा पुर्‍याएका थिए।

पन्तको शतकको चर्चा भए पनि टोली हारसँगै उनको पारी छायामा पर्‍यो।