
देशको पश्चिम र मध्य भू-भागमा सक्रिय पश्चिमी वायु र स्थानीय वायुले मौसम अस्तव्यस्त बनाएको छ। कोशी प्रदेशतिर भने मनसुनी वायुको प्रभाव प्रबल बनेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा देशका धेरै भू-भागमा मौसम अस्थिर रहने र जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

बागमती, गण्डकी र कर्णालीको पहाडी भेग जोखिममा
हाल गण्डकी प्रदेशका थोरै स्थानहरू, साथै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पहाडी र हिमाली भू-भागमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि गरिएको छ।
बुधबारसम्म प्रभाव कायम रहने
आज दिनभर देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको प्रक्षेपण छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना बलियो रहेको छ।


मौसमको यो अवस्थाले कृषि, स्वास्थ्य, सडक र हवाई यातायात जस्ता महत्वपूर्ण क्षेत्रमा प्रतिकूल असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
☁️ छाता झिक्नुस्, यात्रामा सावधानी अपनाउनुस्।
✈️ उडान तालिकामा ढिलाइको जोखिम छ।
किसानले मौसम हेरेर मात्र रोपाइँ वा मल छर्ने काम गर्न सुझाव दिइएको छ।































