सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

बल,बैँश र धनमा त साथी हजार हुनेगर्छन्,
अड्डा र अदालत उनैका सरकार हुनेगर्छन्।
हेर गरिब निमुखा र कम्जोरहरू सँग सधौँ,
उनिहरूको कस्तो दिनौँ व्यवहार हुनेगर्छन्।
व्यापार गरे ऋण पाउँछन् र छँदै छ नोकरी,
धनमानकै पत्रपत्रिकामा समाचार हुनेगर्छन्।
हेरिरहन्छु तरकारी मण्डीमा डोको बोकेका,
गरिबहरूको त्यही जिउँने आधार हुनेगर्छन्।
सिमा पारि पुगेका देशभक्तले खवरदार गर्दा,
मन ढुक्क हुन्छ,यहाँ त कयौँ गद्दार हुनेगर्छन्।
कयौँ अपराधी भेट्टिन्छन् र कयौँ बालात्कारी,
मानव समाजमा मान्छेकै व्यापार हुनेगर्छन्।

CP Hospital Dhangadhi

॥१॥

सपनाको उडान पनि खास किन बन्थ्यो,
गलती न भएको भए लाश किन बन्थ्यो।
nawajiwan
भाग्यलाई श्रापनुको साटो गलति खोज,
शिक्षा लिएको भए बतास किन बन्थ्यो।
खरानी भएछन् धेरैका सपनाहरू आज,
क्रस न भए लाशको राश किन बन्थ्यो।
यो पुँजिवादी समाजमै टिकाउ केहि छैन,
शुरक्षित् हुनेभए त उपहास किन हुन्थ्यो।
दुर्घट्ना हुन्छन् तर शिक्षा लिंन सकिनन्,
गलती नभए सरिरको नाश किन हुन्थ्यो।
श्रद्धाञ्जली भनौँ मृतकहरूमै नमन् गरौँ,
निस्वार्थ नेता भए बक्वास किन हुन्थ्यो।
॥२॥
मुटुपिरो हुन्छ जब विदेशिहरू अपमान गर्छन्,
गोरखाली हरूलाई बद्नाम जानाजान गर्छन्।
यद्यपि उनिहरू हाम्रै रगत र पसिनाले बाँचेका,
आफ्ना समस्या हाम्रै पौरखले समाधान गर्छन्।
Attariya Hospital
साध्य छैन राजा आउ देश बचाउ भन्न थालेका,
आजको जमानामा पनि निर्दलकै रटान गर्छन्।
मानिस जीवनको कलप्ना गर्छ आज चन्द्रमामा,
मंगल गह्रमा समेत मानिसहरू प्रस्थान गर्छन्।
देश भित्र अँझै बोक्सी र झाँक्रीका कथा हाल्दा,
अचम्भ लाग्छ आफै सँग किन वेइमान गर्छन्।
॥३॥
उसलाई थाहा छ बिना पानी कहाँ धान हुन्छ यहाँ,
त्यसैले होला मौसम समेत सधैँ वेइमान हुन्छ यहाँ।
आज प्रचण्ड गर्मिबाट राहत मिलेको छ हामिलाई,
हावा पानीमानै जिव जन्तुहरूको परान हुन्छ यहाँ।
भोको पेटले केही मेसो पाउँदैन मानि अल्मल पर्छ,
पेटभरी खाँदा पनि काम भन्दा उखान हुन्छ यहाँ।
हुन्छन् खानलाई जन्मेका र कोही बाँच्नलाई खाने,
सबैलाई यो संसारमा आ-आफ्नै ध्यान हुन्छ यहाँ।
मानिसको भविश्य समेत प्रकृतीको अधिन हुन्छ,
प्रकृतिको पनि मानव झैँ आफ्नै अडान हुन्छ यहाँ।
विद्यार्थि भन्छ म अब्बल भए पढेर डिग्री पाएको,
भुल्छ सफलतामा पनि गुरूकै योगदान हुन्छ यहाँ।
सुरेशकुमार पाण्डे दाङ घोराहि १८
Advertize US