प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सुरु

Image
Nisarga Hospital

प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सुरु भएको छ । खेलकुद क्षेत्रमा पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यले २ दिने तालिम आज देखि सुरु गरेको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।

CP Hospital Dhangadhi

खेलकुद मञ्च कैलालीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी, कैलालीको आयोजनामा खेल विधालाई पत्रकारितामा अगाडी वढाउन पत्रकारहरुको लागि तालिमको आयोजना गरिएको आयोजकले बताएका छन्।

२०६७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्चले विभिन्न समयमा खेल विधालाई पत्रकारिताका माध्यमबाट अगाडि बढाउँदै आएको आयोजकले जानकारी दिए। विश्वभरि जति महत्वपूर्ण खेल बन्दै गएको छ त्यसै अनुरुप खेलकुद पत्रकारिताको पनि महत्व बढेको समयमा पत्रकारहरुका लागि यो तालिम ज्यादै अर्थपुर्ण रहने आयोजकको दावी रहेको छ ।

nawajiwan
Attariya Hospital

उद्घाटन समारोहको अध्यक्षता खेलकुद मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकले गरेका थिए । यसै गरी तालिमको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासङ्घका सचिव बैकुण्ठराज पराजुली रहनुभएको थियो।

तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघ बझाङ्गका अध्यक्ष ललित सिंह, बरिष्ठ पत्रकार दिपक उपाध्याय , खेलकुद पत्रकार मञ्चका पदाधिकारी र प्रशिक्षार्थी विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको सचिव विराज रोस्याराले जानकारी दिए।