यू–१६ इस्ट जोन कपमा नेपाल आज इन्डोनेसियाविरुद्ध खेल्दै

Image
Nisarga Hospital

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटअन्तर्गत आज नेपालले समूह चरणको तेस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको सेलेङ्गोर टर्फ क्लबमा हुने खेल बिहान पौने ८ बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

नेपाल समूह ‘ए’ मा अपराजित रहँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ। हाल दुई खेलमा दुई जितसहित ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ। इन्डोनेसियाले एक खेलमा जित र एकमा हार भोग्दै २ अंकसहित चौथो स्थानमा छ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो। इन्डोनेसियाले भुटानलाई ९ विकेटले हराए पनि सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो।

nawajiwan
Attariya Hospital

समूह ‘ए’ मा सिंगापुर ६ अंकसहित शीर्ष स्थानमा छ भने जापान २ अंकसहित तेस्रो स्थानमा छ। भुटान अंकविहीन छ।

नेपालले अब समूह चरणको अन्तिम खेल १ जुलाईमा भुटानसँग खेल्नेछ। प्रतियोगितामा १० टोली सहभागी छन्। दुई समूहमा विभाजित टोलीमध्ये शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउनेछन्।