
यो देशमा सधैँ दुश्मनले भने अनुसार किन हुन्छ,
जसलाई चुन्यौँ ऊ विदेशको बफादार किन हुन्छ।

गर्नैपर्छ राजनीति त सबैलेपनि गर्छन् संसारभरी,
हाम्रो देशमा दाजु भाई बिचमा दरार किन हुन्छ।
छानिछानी पठाउँछौँ जसको बिरूद्धमा हामिहरू,
उसैको नेतृत्वमा फेरिपनी यो सरकार किन हुन्छ।

परिश्रम नगरि न खाने विरको सन्तान् हौँ नेपाली,
तर पनि हाम्रै देशमा सधैँ यो भ्रष्टाचार किन हुन्छ।
न्यायबाट समेत विश्वास उड्दै छ यही समाजको,
कसैले त भनौँ न्याय कानुनमै व्यापार किन हुन्छ।
जनताहरूले बुझ्न खोजेको त कुरा यत्तिनै होला,
कहिले सडक कहिले सदन मारा मार किन हुन्छ।
॥१॥
घर छाडि परदेश जाने रहर हुँदैहुदैन,
आफ्नै गाउँ जस्तै त्यो नगर हुँदैहुदैन।
बरू गुन्द्रुक आटो पेटभरी पाए देशमै,
ज्यान परदेश तिर को सफर हुँदैहुदैन।
मन मात्र होइन मष्तिक बोकेर हिँड्छु,
कतै हराउँन सक्छ मनको भर हुँदैहुन।
एउटा परिश्रम गरेर खाने मज्दुर हुँदा,
अबिचलित भै हिंड्छु मर्ने डर हुँदैहुन।
अड्डा अदालत धाउँछ न्यायको लागि,
गरबि हुँदा उसको कतै कदर हुँदैहुदैन।
बुन्दुक पड्काउँनेहरू संघारबाटै फर्के,
धनको झैँ कुनैको पनि असर हुँदैहुन्।
॥२॥
समय अमूल्य छ भेटघाटमा पनि हतार गर्नुपर्छ,
सबैसँग सधैँ भरी राम्रो साइनो अनुसार गर्नुपर्छ।
एकमुट्ठी स्वासमा उभ्भिएको सरिर ढले के रह्यो,
किन तेरो मेरो लुट्कै जीवनमा कारोबार गर्नुपर्छ।
जस्तै रोपछौँ उस्तै फलछ र फूल्छ यो समाजमा,
प्यार पाउँनकै लागि पनि हामिले प्यार गर्नैपर्छ।

भन्छन् पहिल्यै कसला काटेपछि मिल्छ मसला,
त्यसैले त यो परिश्रमकै समेत चिरफार गर्नैपर्छ।
भन्नेले भन्छन मयाँ खाउँला मयाँ लगाउँला सधैँ,
यहाँ फलफूल अन्नबाट रगतको सञ्चार हुनुपर्छ।
तिमी एक्लो कहाँ हुन्छौ तिमीले जीवन नष्टगर्दा,
थुप्रो यो तिम्रो जीवनको पनि हकदार हुनुपर्छ।
॥३॥
श्रमजिविहरू आफ्नो कम्मर कसेर खान्छन्,
शोषक जसले अरूको कमाई बसेर खान्छन्।
यही दुइटा वर्ग छन् मानव समाजमा सदियौँ,
देशभित्र रमाउँने वेला मुङ्गलान पसेर खान्छन्।
तलव समेत उसैले तोक्यो जसले काम दियो,
बन्छन् जुका र गरिपको रगत डसेर खान्छन्।
तिमी जसलाई मित्र ठान्छौ छन् दुश्मन बनेका,
जसले तिम्रै रगत पिठ्यूँमा छुरा धसेर खान्छन्।
हामिले आफ्नो परिचय न लुकाईकन दिन्छौँ,
तर फटाहा अनुहारमा जिलाप घसेर खान्छन्।
॥४॥
हाम्रो देशको राजनीतिमै उपहास अनौठो भयो,
कसरी भनौँ त नेतालाई श्याबास अनौठो भयो।
सम्मानिय पदको सेवा र सुबिधा लिँदालिंदैपनि,
सक्रिय राजनीतिमै फर्किने तमास अनोठो भयो।
यो देशमा कुनै नियम कानुन् छ की छैन भनौँ त,
सबैले गर्नथाले मनपरि बक्वास अनौठो भयो।
देशसँग कसैलाई छैन मायाँ न जनताको चिन्ता,
पद प्रतिष्ठा र सत्ताका भए दाश अनोठो भयो।
विदेशिको दलाल भई सम्पत्ती समेत स्वाहा पारे,
एक दिन हुनेछ विद्रोह खरोखास अनौठो भयो।
अवश्य हुन्छ एकदिन दुधको दुध पानीको पानी,
गर्छन् जनताले यिन्को पर्दाफास अनौठो भयो।
सुरेशकुमार पाण्डे दाङ घोराही































