
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गोर्खाज टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

गोर्खाजले सामाजिक सञ्जालमार्फत देसाईलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो। नेपाली क्रिकेटमा अनुभव बटुलेका देसाईले अब गोर्खाजको आगामी सिजनको नेतृत्व सम्हाल्नेछन्।

साथै, टोलीले नयाँ सिजनका लागि करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि आगामी अगस्ट महिनामा मिनी अक्सन हुने कार्यक्रम तय भएको छ। त्यसपछि बाँकी खेलाडी छनोट प्रक्रिया अगाडि बढ्नेछ।
































