
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले अक्सन मिति सार्वजनिक गर्दै कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गराएको जानकारी दिएको छ।

क्यानका अनुसार दर्ता प्रक्रिया सम्पन्न भइसकेपछि खेलाडीको विवरण आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने तयारी गरिएको छ। टोलीको प्राथमिकता र प्राविधिक समितिको मापदण्डअनुसार अन्तिम अक्सन सूची छिट्टै सार्वजनिक गरिनेछ।

यसअघि प्रतियोगितामा सहभागी सबै आठ टोलीले आ–आफ्ना रिटेन्ड खेलाडीहरूको सूची सार्वजनिक गरिसकेका छन्। अक्सनपछि टोलीले बाँकी खेलाडी छनोट गरी टिम संरचना पूर्ण बनाउनेछन्। एनपीएललाई देशकै प्रतिष्ठित फ्रेन्चाइज लिगका रूपमा लिने तयारी गरिएको छ।

















