
नेपाली संगीत क्षेत्रकी सुमधुर स्वरकी धनी, चर्चित गायिका रचना रिमालको स्वरमा सजिएको नयाँ गीत ‘बादल पारी’ सार्वजनिक भएको छ। अत्यन्तै प्रेमिल भावनाले भरिएको यो गीत नेपाली सांगीतिक बजारमा एक फरक स्वाद लिएर आएको विश्वास गरिएको छ।

गीतमा गायिका रिमालसँगै गायक प्रकाश कार्कीको समेत उत्कृष्ट गायन सुन्न सकिन्छ। गीतको शब्द चर्चित गीतकार संकल्प लामिछाने र गायक प्रकाश कार्कीको रहेको छ भने संगीत संयोजन नेपालका चर्चित संगीतकार अर्जुन पोख्रेलले गरेका छन्।
गीतलाई पहिलो पाइला मिडिया हाउसले बजार व्यवस्थापन गरिरहेको छ। पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय स्थान बनाउँदै गरेको पहिलो पाइला मिडिया हाउसले यस गीतलाई डिजिटल प्लेटफर्महरू मार्फत दर्शक–श्रोता समक्ष ल्याएको हो।

गीतको म्युजिक भिडियोले पनि दर्शकहरूलाई मोहित पार्ने अपेक्षा गरिएको छ। भिडियोमा नेपाली मोडलिङ क्षेत्रका चर्चित अनुहारहरू उषा उप्रेती र बिमल अधिकारीको अभिनय देख्न सकिन्छ। उनीहरूले प्रेमभाव, भेटघाटको उत्कट चाहना र सम्बन्धको गहिराइलाई कलात्मक ढंगले अभिव्यक्त गरेका छन्।

भिडियोको निर्देशन गरेका छन् प्रविन थापाले भने छायांकनमा अनुभवी सिनेम्याटोग्राफर राजेश घिमिरेको योगदान छ। सम्पादन पक्ष पनि उच्च स्तरको रहेको दर्शकहरूको प्रारम्भिक प्रतिक्रियाबाट प्रस्ट हुन्छ।
गीतको भाव र सन्देश:
‘बादल पारी’ एक यस्तो प्रेम कथा हो, जसले मायालुलाई भेट्न मन लाग्ने उत्कटता र प्रतिक्षाको पीडालाई कोमल रूपमा प्रस्तुत गर्छ। गीतमा भावनाको लहर मात्र छैन, संगीत र शब्दको संयोजनले श्रोताको हृदयमा गहिरो प्रभाव पार्ने क्षमता राख्दछ।

















