कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते, दुई विषयसम्म ‘नन ग्रेडेड’ विद्यार्थीलाई अवसर

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा तालिका सार्वजनिक गरेको छ।
बोर्डको निर्णयअनुसार परीक्षा २०८२ भदौ २८ र २९ गते सञ्चालन हुनेछ।

CP Hospital Dhangadhi
Attariya Hospital

बोर्डले दुई विषयसम्म नन ग्रेडेड प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको हो।

⏰ परीक्षा समय र स्थान

  • मिति: २०८२ साल भदौ २८ र २९ गते

  • समय: बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म

  • सूचना जारी: परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुर

परीक्षा केन्द्रको जानकारी बोर्डले पछि प्रकाशित गर्ने जनाएको छ।


कक्षा १२ को नतिजा : करिब ३९ प्रतिशत विद्यार्थी अनुतीर्ण

बोर्डले हिजोमात्रै (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो।
यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत (१ लाख ५३ हजार ८८२) विद्यार्थी नन ग्रेडेड भएका छन्।

परीक्षा गत वैशाख २१ देखि २९ गतेसम्म सञ्चालन भएको थियो, जसमा पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी भएका थिए।

🔹 नतिजाको संक्षिप्त विवरण

श्रेणी सहभागी विद्यार्थी उत्तीर्ण विद्यार्थी उत्तीर्ण प्रतिशत
नियमित ३,९६,३४७ २,४२,४६५ ६१.१७%
आंशिक १,१४,६४० ४१,८४० ३६.४९%

पछिल्लो वर्षको तुलनामा यस वर्ष नतिजा ९ प्रतिशतले वृद्धि भएको छ।
गत वर्षको उत्तीर्ण प्रतिशत ५२.९१% थियो।


पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले निर्धारित म्यादभित्र फाराम भर्न अनुरोध गरिएको छ।
बिस्तृत जानकारीका लागि बोर्डको वेबसाइट हेर्न वा विद्यालयमा सम्पर्क गर्न सकिन्छ।