‘माया गर्ने पालो हजुरहरुको’ तीज गीतको म्युजिक भिडियो सार्वजनिक

Image
Nisarga Hospital

तीजको अवसर पारेर तयार पारिएको नयाँ गीत ‘माया गर्ने पालो हजुरहरुको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीत Ramesh Bijuli BC युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

CP Hospital Dhangadhi

खुमन सिंह र कुसुम परियारको सुमधुर स्वर रहेको यस गीतमा खुमन अधिकारीको लय र विष्णु न्यौपानेको शब्द रहेको छ।
गीतको भिडियो निर्देशन रमेश बिजुली बीसीले गरेका हुन् भने कोरियोग्राफी पुष्पा बडैलाले सम्हालेकी छन्।

भिडियोमा मुकुन्द जिसी, मनीषा रावल र पुष्पा बडैलाले अभिनय गरेका छन्। अत्तरियास्थित मेडिकल कलेज परिसरमा छायांकन गरिएको भिडियोलाई उत्कृष्ट दृश्यसज्जासहित प्रस्तुत गरिएको छ।

nawajiwan

प्राविधिक पक्षहरू:

छायांकन: गणेश साउद

मेकअप: करिश्मा साउद

संगीत संयोजन (Arrange): कृष्ण बाजुराली

Attariya Hospital

मिक्सिङ: कृष्ण बाजुरा

स्टुडियो: The Music Era

पोस्ट प्रोडक्सन: Zoom Production

नृत्य व्यवस्थापन: सजल नृत्य कला केन्द्र, पुष्पा बडैला

भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकहरूको राम्रो प्रतिक्रिया देखिन थालेको छ। तीजको मौलिकपन झल्किने र रमाइलो भाव बोकेको गीतले चाडपर्वको रौनकमा थप रंग भर्ने अपेक्षा गरिएको छ।

Advertize US