
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको पहिलो चरण सम्पन्न हुँदा ८ फ्रेन्चाइज टोलीले जम्मा २६ खेलाडी अनुबन्ध गरेका छन्। तीमध्ये काठमाडौं गोर्खाज मात्र आफ्नो खेलाडी कोटा पूरा गर्न सफल भयो।

काठमाडौं गोर्खाजले ३७ लाख रुपैयाँ खर्चेर मोहमद आदिल आलमसहित ५ खेलाडी भित्र्यायो। अन्य टोलीहरूले भने पहिलो चरणमै आवश्यक संख्या पूरा गर्न सकेनन्।
यसपटक सबैभन्दा बढी १५ लाख रुपैयाँको मूल्य आदिल आलम, अर्जुन साउद, देव खनाल र पवन सर्राफले पाए। अर्जुन र देव चितवन राइनोजमा पुगे भने पवन कर्णालीबाट खेल्ने भएका छन्।

पहिलो चरणमा अनसोल्ड भएका खेलाडीलाई दोस्रो चरणमा न्यूनतम मूल्यमा अनुबन्ध गर्ने अवसर हुनेछ।
टोली अनुसार अनुबन्धित खेलाडी र मूल्य
जनकपुर: मयन यादव (७.५ लाख), आदित्य महता (५ लाख), सचिन भट्ट (२ लाख)
सुदूरपश्चिम: हेमन्त धामी (१० लाख), टेकबहादुर रावत (२ लाख), दीपेन्द्र थापा (२ लाख)

कर्णाली: पवन सर्राफ (१५ लाख), युवराज खत्री (१० लाख), इमरान शेख (२ लाख), दीपक डुम्रे (२ लाख)
चितवन: देव खनाल (१५ लाख), अर्जुन साउद (१५ लाख)
काठमाडौं: सन्तोष यादव (१० लाख), उत्तम थापा मगर (३ लाख), मोहमद आदिल आलम (१५ लाख), आकाश त्रिपाठी (७ लाख), तुलबहादुर थापा (२ लाख)
पोखरा: कृष्ण पौडेल (२ लाख), अर्जुन कुमाल (५ लाख), अभिषेख तिवारी (२ लाख)
विराटनगर: सूर्य तामाङ (१० लाख), नारायण जोशी (५ लाख), साहिल पटेल (५ लाख)
लुम्बिनी: दिलीप नाथ (१० लाख), शेर मल्ल (१० लाख), विशाल पटेल (५ लाख)
































