रुपन्देही–३ उपनिर्वाचन : २६ राजनीतिक दल दर्ता

Image
Nisarga Hospital

आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–३ मा २६ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।

CP Hospital Dhangadhi

निर्वाचन आयोगमा दर्ताका लागि २७ दलले निवेदन दिएका थिए। तीमध्ये कानूनी प्रक्रिया पूरा गरेका २६ दललाई सोमबारको निर्णयअनुसार दर्ता गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। उनका अनुसार संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता प्रक्रिया सम्पन्न गरिएको हो।

आयोगका अनुसार दर्ता हुने दलमध्ये सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन रहेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेकपा (एमाले) लगायत दल दर्ता भएका छन्।

nawajiwan
Attariya Hospital

साथै नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल पनि उपनिर्वाचनका लागि दर्ता भएका छन्।

यस्तै, राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल दलसमेत दर्ता भएका आयोगले जनाएको छ।

निर्वाचन आयोगले उपनिर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको दिन तय गरेको छ।

Advertize US