
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत छैटौँ खेलमा नेपालले पाकिस्तान शाहीन्ससँग रोमाञ्चक प्रतिस्पर्धामा १ रनको हार व्यहोरेको छ।

पहिले ब्याटिङ गरेको शाहीन्सले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन जोड्यो। नेपालका बलरमध्ये सोमपाल कामीले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट तथा कुशल भुर्तेलले १ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवातमा कमजोर प्रदर्शन गरे पनि कप्तान रोहित पौडेलले ५२ रनको उत्कृष्ट पारी खेलेपछि जितको सम्भावना बढेको थियो। त्यसपछि दीपेन्द्रसिंह ऐरीले पनि लय कायम राखे तर अन्तिम चरणमा कुशल मल्ल र आरिफ शेखले पर्याप्त योगदान दिन नसक्दा नेपाल ७ विकेट गुमाएर १४३ रनमै रोकियो।

यसअघि नेपालले पाँच खेल खेलेको थियो, जसमा दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको थियो।































