
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै सक्रिय भएकाले हाल देशभर बदली छ।

कोशी, मधेस, बागमती, गण्डकी र देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो र राति पनि देशभर साधारण बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




















