
विदेशीले लुटेपनि आवरू खास सम्झिने भन्छन्,
उनिहरूले धुरिमा चडेपनि पास सम्झिने भन्छन्।
आफूले आफैलाई बनाई कटपुतली विदेशी सामु,
सधैँकालाई आफुलाई उन्कै दाश सम्झिने भन्छन्।
देश डुब्नथाल्यो दलालिल गर्दा स्वाभिमान गुम्यो,
फेरिपनि किन हो जिउँदो लाश सम्झिन खोज्छन्।
बनेका हुन्छन् नेता विदेशीका कमारा कमारी बन्दै,
आफैलाई उनैले आज मधुमास सम्झिन खोज्छन्।
कलो खानेहरू र्याल चुहाएका हुन्छ उसैको अँघी,
उसैले दिएको गास बासको रास सम्झिन खोज्छन्।
लाज लाग्दैन आफूलाई नेता ठान्नेहरू यो देशका,
देशभक्तीलाई किन हो उपहास सम्झिन खोज्छन्।

॥१॥
कुसंस्कार भरिएका चाढ पर्वहरूले दास बनाएका छन्,
महिलाहरूलाई यिनैले त साच्चै उपहास बनाएका छन्।
दिदी बहिनीहरू माइतिमा आउन कुनै पर्व नकुर्नु तिमी,
छाड रूढिवाद जस्ले तिमिलाई नै तमास बनाएका छन्।
हुने खानेहरूले उपयोग गरेका हुन्छन् धनको खेलो मा,
आफ्नै लागि सधैँ यिनैले मेला पर्व खास बनाएका छन्।
गरिब श्रमजीविलाई न थिए महान यिनिहरू कुनै वेला,
न अहिले बरू ऋण लागेर जिउँदा लास बनाएका छन्।
खुसी हुनका लागि पातिले बारेको बुकुरामै पुगेर हेरौँ,
व्यश्यालयमा जिउँदा लासका पनि रास बनाएका छन्।
कसरी सम्झाउँ मैले दिक्क लाग्छ आआफ्नै हुन्छ राँको,
दिएर मिठो बिष पुजिँवादले आफ्नै गास बनाएका छन्।

॥२॥
हुँदैन कसलाई कत्ती खबर जिन्दगिको,
कहाँ गएर टुङ्गिने छ सफर जिन्दगिको।
अर्कैको लागि आफ्नो बगाएका पसिना,
यो कर्तव्यहो की होला रहर जिन्दगिको।
के थियो जन्मायो जसले हुर्कायो उसैले,
सुकेर बन्यो खोला त्यो बगर जिन्दगिको।
घाउ सुकेपनि यही खाटो नसुक्ने मनमा,
झल्किन्छ प्रतिबिम्वनै अधर जिन्दगिको।
एक मुट्ठी सहासले नै चलेको हुन्छ पुर्जा,
कहाँसम्म पुग्छ सहास केभर जिन्दगिको।

॥३॥
कसैलाई कर छ कसैलाई रहर पनि हुन्छ,
योजिन्दगी कसैकसैमा निर्भर पनि हुन्छ।
आफ्नै छायाँले समेत पच्छाउँदैन कहिले,
प्रश्न चिन्ह बोकेको कुनै सफर पनि हुन्छ।
उसले जन्मायो हुर्कायो घरभरी छोराछरी,
उसकै वृद्धावास्थामा रित्तो घर पनि हुन्छ।
जन्मिन्छन् जीव मर्छन् यो प्रकृतीकै देनहो
कयौं खाडापर्छन् कसैको भर्खर पनि हुन्छ।
ठग्न खोज्छन् आफ्नै भित्रका बहेरूपी ले,
आफ्नो दर्दमै उज्यालो उन्का अधर हुन्छ।
पैसानै रहिछ ठुलो यो मानिसकै समाजमा,
जीवन डुबाएर पनि औलाद वेखबर हुन्छ।
॥४॥
ढिलाभयो देश जोगाउन कहिले खबरदार गर्ने हामिले,
स्वाभिमानको रक्षागर्न संसार कहिले ग्वार गर्ने हामिले।
चुच्चे नक्सा त हामिसँग छ भूभाग अरू कसैसँग पुग्यो,
यो अन्यायको बिरूद्ध किन छिट्टै उपचार नगर्ने हामिले।
साम्राज्यवादीहरूको एकताले देश सङ्कटमा परेकै छ,
कहिलेसम्म उनिहरूको यो दमन चिरफार नगर्ने हामिले।
समय आयो उठौँ मधेश जागौँ पहाड जुर्मुराउ हिमाली ,
अब विश्वमै चिनाउ देश किन यो उजगार नगर्ने हामिले।
कालापानि लिपुलेख लिम्पियाधुरा किन छाड्ने भूभाग,
सरकार देउ ज्ञापन दुबैलाई किन केरकार नगर्ने हामिले।
कहिले खोस्छ ब्रिटिष्टले कहिले खोस्छ भार चीनले देश,
भनिदेउ विश्वका बुद्दीजीवि देशसँग प्यार नगर्ने हामिले ?
सुरेशकुमार पाण्डे दाङ घोराही १८


















