
लेकको भोटे सुस्केरा हाल्छ बुझन उनको आपत्ती ।
विरही न्याउली विरही भाका हालेर गाउँछे के भयो विपत्ति ।।

परदेशी दाजु परदेश गया दश वर्ष भयो पाई छैन खबर ।
घरकि भाउजू रोया कि रोए दिन गनि बसिन के रैछ खप्पर ।।
घरकि छोरी एकोहोरो हेर्छे के लेख्या रैंछ यो हाम्रो खप्पर ।।।
तराईको भाई दशगजा जोगाउन लडेर बस्छ के लेख्यौं भवानी।
दुखैमा जिउनु दुखैंमा जाने यो हाम्रो जवानी यो हाम्रो जवानी ।।

काठमाडौं खाल्डो शहरिया जीवन घुमेर वित्छ ठिक्क र सुखै छ।
पशुपति घाँट जलेका जले लासका ढेर आफन्त हेर दिक्क र दुस्खैं छ ।।

के गरि होला के गरि तर्ला यो हाम्रो जीवन ।
जीवन भन्नु यस्तैं त रैछ रंगिन रिबन रंगिन रिबन ।।
जीवन हाम्रो यस्तै त होला आगो र पानी ,बल्ने र निभ्ने छ।
संसारै हेरी संसारै तरि स्वर्ग र नर्क त्यहीँ हामी मिल्ने छ त्यहीँ हामी मिल्ने छ ।।
कविः कृष्ण सिह धामी
पेशाः शिक्षक
विद्यालय श्री कुशेश्वर मावि सुनापति ४ बेथान रामेछाप
घरः- दार्चुला मालिकार्जुन २ भगवति
































