
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच आज भेटवार्ता भएको छ।

बालुवाटारमा भएको उक्त भेटमा आगामी सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनका तयारीबारे विशेष छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिएका छन्।

प्रदेश सरकारले यही मङ्सिर १ र २ गते सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ। यसै सन्दर्भमा मुख्यमन्त्री शाहसहित प्रदेश सरकारको टोली काठमाडौँ दौडाहामा रहेको छ।

सम्मेलनमार्फत सुदूरपश्चिम प्रदेशमा लगानीका अवसर र सम्भावनाबारे स्पष्ट संदेश दिन सरकारले अपेक्षा गरेको छ।

















